सामसङको आगामी ग्यालेक्सी जेड फोल्डेबलको क्यामरा विवरण लीक

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
सामसङको आगामी ग्यालेक्सी जेड फोल्डेबलको क्यामरा विवरण लीक
सामसङ ग्यालेक्सी जेड फोल्ड८ (चौडा) र ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राको डमी युनिटहरू। फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले आगामी महिनामा आफ्नो अर्को पुस्ताको ग्यालेक्सी जेड फोल्डेबलहरू अनावरण गर्ने अपेक्षा गरिएको छ। लाइनअपमा ग्यालेक्सी जेड फोल्ड८ वाइड, ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र ग्यालेक्सी जेड फ्लिप८ रहने हल्ला छ। अपेक्षित लन्च अघि नयाँ लीकले तीनओटै डिभाइसहरूमा समावेश गरिने क्यामराको विशेषताहरूको खुलासा गरेको छ।

नयाँ लीक अनुसार, ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राले ग्यालेक्सी जेड फोल्ड७ को ट्रिपल रियर क्यामरा सेटअप कायम राख्नेछ भने १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरालाई नयाँ ५० मेगापिक्सेल सेन्सरले प्रतिस्थापन गर्नेछ। साथै फोल्डेबलले आफ्नो पूर्ववर्तीको २०० मेगापिक्सेल आईएसओसीईएलएल एचपी२ प्राथमिक क्यामरा र १० मेगापिक्सेल टेलिफोटो सेन्सर कायम राख्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी, ग्यालेक्सी जेड फोल्ड८ मा दुईओटा ५० मेगापिक्सेलको सेन्सरहरू समावेश गर्ने डुअल रियर क्यामरा सेटअप रहेको बताइएको छ। डिभाइसको कभर डिस्प्लेमा १० मेगापिक्सेलको सेल्फी क्यामरा र भित्री स्क्रिनमा अर्को १० मेगापिक्सेलको क्यामरा पनि हुने बताइएको छ।

ग्यालेक्सी जेड फ्लिप८ ले ग्यालेक्सी जेड फ्लिप७ को जस्तै क्यामरा हार्डवेयर समावेश गर्ने हल्ला चलिरहेको छ भने डिभाइसमा ५० मेगापिक्सेलको प्राथमिक क्यामरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड शूटर समावेश गरिने बताइएको छ।

सामसङले आगामी महिनाको उत्तरार्धमा नयाँ ग्यालेक्सी जेड फोल्डेबलहरू अनावरण गर्ने हल्ला चलिरहेको छ भने अगस्ट ५ देखि बिक्री सुरु गरिने अपेक्षा गरिएको छ।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार