फोल्डेबल गेमिङ मोड एन्ड्रोइड १७ सँग आउँदै

  • Technology Khabar | १८ असार २०८३, बिहीबार
फोल्डेबल गेमिङ मोड एन्ड्रोइड १७ सँग आउँदै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एन्ड्रोइड कोरमा गेमिङ–स्पेसिफिक सुविधाहरू धेरै आउने गर्दैनन्। हालै, पूर्व पत्रकार र अहिले गुगलका कर्मचारी मिशाल रहमानले एन्ड्रोइड १७ मा आउँदै गरेको एउटा उत्कृष्ट नयाँ सुविधाको आश्चर्यजनक रूपमा विस्तृत प्रिभ्यू (पूर्वावलोकन) प्रस्तुत गरेका छन्।

फोल्डेबल गेमिङ मोड भनिने यो सुविधाले मूल रूपमा प्रयोगर्ताको अनफोल्डेड फोल्डेबल डिभाइसको डिस्प्लेको तल्लो आधा भागमा एक अत्यधिक कस्टमाइजेबल भर्चुअल कन्ट्रोलर सिर्जना गर्नेछ भने वास्तविक खेल डिस्प्लेको माथिल्लो आधा भागमा खेल खेल्न अनुमति दिनेछ।

अहिलेको लागि, यो डिस्प्लेको केवल ५०/५० विभाजन भएको र प्रयोगकर्ताले समायोजन गर्न नसके पनि समायोजन गर्न सकिने सुविधा भविष्यमा आउन सक्ने उल्लेख गरिएको छ।

भर्चुअल जोइस्टिकले सिस्टम लेभल (प्रणाली स्तर) मा कन्ट्रोलर इनपुटहरू इमुलेट्स (अनुकरण) गर्दछ र पहिले नै कन्ट्रोलर समर्थन भएको कुनै पनि खेलले स्वचालित रूपमा काम गर्ने उल्लेख गरिएको छ।

खेलको लागि एक मात्र वास्तविक आवश्यकता भनेको डिस्प्लेको आधा भागमा सानो स्क्रिनमा फिट हुनको लागि खेललाई एडाप्टिभ (समायोजन गर्न सक्षम) हुनु आवश्यक पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

भर्चुअल गेमप्याडले हाल डी–प्याड, बायाँ र दायाँ थम्बस्टिकहरू, ए, बी, एक्स, वाई, एल१, एल२, एल३, आर१, आर२, आर३ र स्टार्ट जस्ता सामान्य कन्ट्रोलर इनपुटहरूलाई समर्थन गर्दछ। हाल डिस्प्लेमा विभाजित प्रतिशत समायोजनको अभाव भए तापनि अहिलेको प्रि–रिलीज अवस्थामा पनि सुविधामा पहिले नै धेरै कस्टमाइजेसन उपलब्ध रहेको छ।

प्रयोगकर्ताले एक स्थिर कन्ट्रोल लेआउट छनौट गर्न सक्ने र यो बढी सहज भएको उल्लेख गरिएको छ। साथै प्रयोगकर्ताले सेटिङ्गमार्फत सानो, मध्यम वा ठूलो गरी बटनको आकार परिवर्तन गर्न सक्नेछन्। त्यसैगरी डार्क मोडलाई समर्थन गर्ने जोइस्टिकमा ह्याप्टिक फिडब्याक सक्षम वा असक्षम गर्नको लागि टगल पनि उपलब्ध रहेको छ।

गुगल इन्जिनियरहरूले भर्चुअल गेमप्याड देखाउन र लुकाउन सकेसम्म सहज बनाएका छन्। प्रयोगकर्ताले कार्य गेमिङ सुरु गर्दा वा खेलको समयमा गर्न सक्नेछन्। त्यसैगरी एन्ड्रोइडले यूएसबी वा ब्लुटुथ भौतिक गेमप्याड जडान भएको पत्ता लगाएको खण्डमा भने त्यसलाई स्वचालित रूपमा लुकाउनेछ।

प्रकाशित: १८ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...