अब इन्टिग्रेटेड सर्किट (आईसी) को लेआउट डिजाइनको ‘पेटेन्ट’ पनि दर्ता गराउन सकिने

  • Technology Khabar | १५ असार २०८३, सोमबार
अब इन्टिग्रेटेड सर्किट (आईसी) को लेआउट डिजाइनको ‘पेटेन्ट’ पनि दर्ता गराउन सकिने

काठमाडौं ।

अब इन्टिग्रेटेड सर्किट (आईसी) को लेआउट डिजाइन पनि दर्ता गराउन सकिने भएको छ। सरकारले हालै जारी गरेको औद्योगिक सम्पत्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राखिएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै औद्योगिक सम्पत्ति सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मसौदा विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम सम्बन्धित सरोकारवाला र सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको जानकारी दिँदै उक्त सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र [email protected] मा आफ्नो राय तथा सुझाव प्रतिक्रिया उपलब्ध गराइदिन पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ।

के हो इन्टिग्रेटेड सर्किट?

मस्यौदामा उल्लेख भए अनुसार यस परिच्छेदको प्रयोजनको लागि “इन्टिग्रेटेड सर्किट” भन्नाले कुनै विद्युतीय कार्य सम्पादन गराउने उद्देश्यले सबै वा केही तत्त्व एकीकृत रूपमा कुनै वस्तुमा जडान गरेर बनाइएको र कम्तीमा एउटा तत्त्व सक्रिय रहेको तयारी वा अर्धतयारी वस्तु सम्झनु पर्छ।

प्रमाणीकरण भएको ९१औं दिनदेखि लागू हुने यो ऐन अनुसार इन्टिग्रेटेड सर्किट (आईसी) को लेआउट डिजाइन दर्ता गराउन चाहेमा आवेदन दिनुपर्ने हुन्छ।

आवेदन दिँदा तलका कागजात तथा दस्तावेज संलग्न गर्नुपर्ने मस्यौदमा उल्लेख छ:

  • ग्राह्यता मितिको दावी गरेको भए सम्बन्धित देशको आधिकारिक निकायबाट प्रमाणित देहायका कागजात तथा विवरण:-
  • सुरु आवेदन गरिएको देश (पेरिस महासन्धिको पक्षराष्ट्र वा ट्रिप्स सम्झौताको पक्षराष्ट्र) को नाम
  • सुरु आवेदन दर्ता भएको मिति र सम्बन्धित देशको औद्योगिक सम्पत्ति दर्ता गर्ने निकाय वा कार्यालयबाट जारी भएको प्रमाणित दर्ता नम्बर खुल्ने कागजात,
  • आवेदक आफै इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइन धनी नभएमा त्यस्तो इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइन धनीको सहमति वा निज आवेदकको हक प्रमाणित गर्ने कागजात ।

(ख) इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइनको वर्गीकरण, वर्णन र डिजाइनको दावी सम्बन्धमा विस्तृत रूपमा खुलेको कागजात,

(ग) इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइनको उपयोग गरिने वस्तुको विवरण र अन्तर्राष्ट्रिय वर्गीकरण,

कुनै व्यक्तिले आफूले सिर्जना गरेको इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइन कार्यालयमा दर्ता गराई प्रमाणपत्र प्राप्त गरेपछि सो इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइन उपर यस ऐन बमोजिमको हक प्राप्त गर्न सक्नेछ।

यसरी कुनै व्यक्तिको नाममा दर्ता भई प्रमाणपत्र जारी भएको इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइन अन्य कसैले नक्कल गरी प्रयोग गर्न, उत्पादन वा बिक्री वितरण वा भण्डारण वा आयात गर्न वा यस ऐन बमोजिम नामसारी नगराई वा अनुमति नलिई आफ्नो वा अरूको नामबाट प्रयोग गर्न वा गराउन हुँदैन।

 

 

 

प्रकाशित: १५ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार