चीनले डाटा सेन्टर परियोजनाहरूलाई हरित ऊर्जासँग प्रत्यक्ष रूपमा जोड्न प्रोत्साहन गर्ने

  • Technology Khabar | ११ असार २०८३, बिहीबार
चीनले डाटा सेन्टर परियोजनाहरूलाई हरित ऊर्जासँग प्रत्यक्ष रूपमा जोड्न प्रोत्साहन गर्ने

काठमाडौं ।

चीनले सन् २०२६ देखि २०३० सम्मका लागि नयाँ ऊर्जा प्रणाली निर्माणसम्बन्धी आफ्नो पछिल्लो योजनाअन्तर्गत डाटा सेन्टर परियोजनाहरूलाई हरित ऊर्जासँग प्रत्यक्ष रूपमा जोड्न प्रोत्साहन गर्ने भएको छ।

राष्ट्रिय विकास तथा सुधार आयोग र राष्ट्रिय ऊर्जा प्रशासनले बिहीबार सार्वजनिक गरेको दस्तावेजअनुसार डाटा सेन्टर, हरित विद्युत् उपभोगको आवश्यकता भएका उच्च ऊर्जा खपत गर्ने उद्योग तथा हरित ऊर्जा प्रयोगको ट्रेसबिलिटी आवश्यक पर्ने निर्यातमुखी कम्पनीहरूमा हरित ऊर्जा प्रत्यक्ष जडान परियोजनालाई समर्थन गरिनेछ।

चीनले औद्योगिक पार्क, शून्य-कार्बन पार्क तथा वितरण सञ्जालहरूलाई बहु-प्रयोगकर्ता हरित ऊर्जा प्रत्यक्ष जडान मोडेल विस्तार गर्न पनि प्रोत्साहन गर्ने रोयटर्सले जनाएको छ।

सन् २०३० सम्म चीनको विद्युत् सञ्जालमा ९० करोड किलोवाट नयाँ ऊर्जालाई एकीकृत गर्ने क्षमता हुने अपेक्षा गरिएको छ।

साथै, चीनले स्मार्ट ग्रिडको विकासलाई तीव्र बनाउने, बुद्धिमान् विद्युत् व्यवस्थापन प्रणाली निर्माण गर्ने तथा नवीकरणीय ऊर्जाको ग्रिड एकीकरण र उपयोगमा सुधार गर्ने योजना अघि बढाउने जनाएको छ।

प्रकाशित: ११ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार