सामसङ ग्यालेक्सी ए१५ ४जी र ग्यालेक्सी ए२४ ४जीमा वान यूआई ८.५ स्थिर अपडेट उपलब्ध

  • Technology Khabar | १० असार २०८३, बुधबार
सामसङ ग्यालेक्सी ए१५ ४जी र ग्यालेक्सी ए२४ ४जीमा वान यूआई ८.५ स्थिर अपडेट उपलब्ध
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी ए१५ फाइभजीको लागि स्थिर वान यूआई ८.५ अपडेट रोल आउट गरेपछि सामसङले अब त्यसलाई ग्यालेक्सी ए१५ फोरजीको लागि उपलब्ध गराएको छ।

सामसङ ग्यालेक्सी ए१५ फोरजीको लागि स्थिर वान यूआई ८.५ दक्षिण कोरियामा मोडेल नम्बर एसएम–ए१५५एनको लागि रोल आउट हुँदैछ। अपडेटमा फर्मवेयर संस्करण ए१५५एनकेएसयू९डीजेडएफ१ रहेको छ भने मे २०२६ को एन्ड्रोइड सुरक्षा प्याचको साथ आउने र लगभग २.५ जीबीको डाउनलोड आवश्यक पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी सामसङ ग्यालेक्सी ए२४ फोरजीको लागि पनि वान यूआई ८.५ स्थिर अपडेट दक्षिण कोरियामा रोल आउट हुँदैछ। यो ग्यालेक्सी ए२४ ४जीको लागि मोडेल नम्बर एसएम–ए२४५एन को साथ रोल आउट हुँदैछ र फर्मवेयर संस्करण ए२४५एनकेएसयू९एफजेडएफ१ रहेको छ भने लगभग २.४ जीबी को डाउनलोड आवश्यक पर्नेछ।

दक्षिण कोरियामा ग्यालेक्सी ए१५ फोरजी वा ग्यालेक्सी ए२४ फोरजीमा प्रयोगकर्ताले डिभाइसको सेटिङहरू भित्र सफ्टवेयर अपडेट मेनुमा गएर म्यानुअल रूपमा अपडेट जाँच गरेर स्थिर वान यूआई ८.५ अपडेट प्राप्त गर्न सक्नेछन्।

साथै आगामी दिनहरूमा रोलआउट अन्य देशहरूमा विस्तार गरिने बताइएको छ।

प्रकाशित: १० असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...