काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चारवर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) कार्यक्रमका लागि शैक्षिक सत्र २०८३ को प्रवेश परीक्षा र नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ।
संस्थानका अनुसार प्रवेश परीक्षाको आवेदन फाराम अनलाइनमार्फत असार ८ गते बिहान १० बजेदेखि उपलब्ध भइसकेको छ। नियमित शुल्क तिरेर आवेदन फाराम बुझाउने अवधि साउन १६ गतेसम्म तोकिएको छ।
यस्तै दोब्बर शुल्कसहित आवेदन दिन चाहने विद्यार्थीले साउन १७ गतेदेखि साउन २० गतेसम्म फाराम बुझाउन सक्नेछन्।
प्रकाशित कार्यतालिकाअनुसार बीएससी सीएसआईटीको प्रवेश परीक्षा साउन २४ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ। परीक्षाका लागि केन्द्र भने पछि सार्वजनिक गरिने जनाइएको छ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रवेश परीक्षा तथा भर्नासम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट iost.tu.edu.np हेर्न आग्रहसमेत गरेको छ।
प्रकाशित: ९ असार २०८३, मंगलवार