जेठ मसान्तसम्म साढे २१ करोड रुपैयाँभन्दा बढीको स्मार्टवाच आयात, सबैभन्दा धेरै चीनबाट

  • Technology Khabar | १० असार २०८३, बुधबार
जेठ मसान्तसम्म साढे २१ करोड रुपैयाँभन्दा बढीको स्मार्टवाच आयात, सबैभन्दा धेरै चीनबाट
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना २०८३ जेठ मसान्तसम्म साढे २१ करोड रुपैयाँभन्दा बढीको स्मार्टवाच आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ।

यो अवधिमा २१ करोड ६३ लाख ८४ हजार मूल्य बराबरको ८२ हजार ७५ थान स्मार्टवाच आयात भएको छ। जेठ मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले ६ करोड ५० लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा नेपालमा विश्वका २२ मुलुकबाट स्मार्टवाच आयात भएको देखिन्छ।

२०८३ जेठ मसान्तसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ७३ हजार २८३ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १७ करोड ४२ लाख ७० हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट १ करोड १०  लाख १६ हजार बराबरको ७ हजार ७०७ थान र भियतनामबाट २ करोड ९९ लाख २९ हजार बराबरको ६८२ थान स्मार्टवाच भित्रिएको छ।

विवरण:

क्रसं देश विवरण रकम (हजारमा)
अस्ट्रेलिया १६ ७७
बहराइन १०
क्यानडा ११
चीन ७३२८३ १७४२७०
जर्मन
भारत ७७०७ ११०१६
इजरायल
जापान
द कोरिया ८९
१० कुवेत २९ १९
११ लेबनन
१२ मलेसिया
१३ ओमन
१४ फिलिपिन्स ५१
१५ कतार १९
१६ साउदी अरब १७ १२
१७ ताइवान १६५
१८ थाइल्याण ८६
१९ युएई २३४ २२४
२० बेलायत २१ २२३
२१ अमेरिका २० १८७
२२ भेतनाम ६८४ २९९२९

प्रकाशित: १० असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...