काठमाडौं ।
धेरै लीकहरु पछि अनर एक्स८० प्रो म्याक्स अब अन्ततः चीनमा आधिकारिक रुपमा लन्च गरिएको छ। फोनको मुख्य विशेषता भनेको ११,००० एमएएच क्षमताको ब्याट्री हो र यो ब्याट्री क्षमता हामीले अहिलेसम्म स्मार्टफोनमा देखेको सबैभन्दा ठूलो हो। यो ब्याट्री ९०वाटमा चार्ज हुन्छ र २७वाटमा रिभर्स वायर्ड चार्जिङलाई पनि समर्थन गर्दछ।
फोनमा १२० हर्ज रिफ्रेस रेट र १०,०००–निट पीक ब्राइटनेस सहितको ६.८ इन्चको १२८०×२७८८ एलटीपीएस एएमओएलईडी स्क्रिन छ। फोनमा ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलको सेल्फी क्यामरा समावेश गरिएको छ।
फोनमा स्न्यापड्रागन ६ जेन ५ एसओसी, ८/१२जीबी र्याम र १२८/२५६/५१२जीबी स्टोरेज समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
अनर एक्स८० प्रो म्याक्सले म्याजिकओएस १० माथि एन्ड्रोइड १६ मा चलाउँछ। फोनमा अन्डर–डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानरका साथै धुलो र पानी प्रतिरोधको लागि आईपी६८ र आईपी६९के रेटिङहरू पनि छन्।
अनर एक्स८० प्रो म्याक्स कालो, सुन्तला, रातो र “मून श्याडो” रङहरूमा उपलब्ध हुनेछ। अनर एक्स८० प्रो म्याक्सको बेस ८÷१२८जीबी मोडेलको मूल्य १,९९९ चिनियाँ युआन (२९५ अमेरिकी डलर) कायम गरिएको भए तापनि अहिले डिभाइसलाई १,६९९ चिनियाँ युआन (२५० अमेरिकी डलर) मा उपलब्ध गराइएको छ।
प्रकाशित: १० असार २०८३, बुधबार