कमोडोरले प्रस्तुत गर्यो नयाँ फ्लिप फोन कलब्याक ८०२०

  • Technology Khabar | ९ असार २०८३, मंगलवार
कमोडोरले प्रस्तुत गर्यो नयाँ फ्लिप फोन कलब्याक ८०२०
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

प्रख्यात प्रविधि कम्पनी कमोडोरले आफ्नो नयाँ फ्लिप फोन कमोडोर कलब्याक ८०२० प्रस्तुत गरेको छ। यो डिभाइसले क्लासिक फोन र आधुनिक सुविधाहरूको संयोजन प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

आधुनिक स्मार्टफोनको विकल्पको रूपमा डिजाइन गरिएको यो फोन डिजिटल डिस्ट्रयाक्सन (अवरोधहरू) कम गर्नमा केन्द्रित रहेको छ। यो डिभाइसमा सामाजिक सञ्जाल, वेब ब्राउजर वा वर्क एपहरू समर्थन नभए पनि फोनले दैनिक प्रयोगको लागि केही आधुनिक सुविधाहरू समावेश गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

कलब्याक ८०२० ले लिनक्स–आधारित सेलफिश ओएस अपरेटिङ सिस्टम चलाउँछ र कम्पनीका अनुसार यो धेरैजसो एन्ड्रोइड एपहरूसँग उपयुक्त हुनेछ। प्रयोगकर्ताहरूले व्हाट्सएप, स्पोटिफाई, म्याप्स र अन्य सेवाहरू जस्ता एपहरू प्रयोग गर्न सक्नेछन् भने सामाजिक सञ्जाल एपहरू ब्लक गरिएका छन्।

यो डिभाइसमा मिडियाटेक हेलियो जी८१ प्रोसेसर, ४जीबी र्याम र ६४जीबी स्टोरेज समावेश गरिएको छ भने स्टोरेज माइक्रोएसडी कार्ड मार्फत विस्तार गर्न सकिनेछ। फोनमा सोनीबाट ४८–मेगापिक्सेलको मुख्य क्यामरा, एलटीई, वाई–फाई, ब्लुटुथ र जीपीएस कनेक्टिभिटी पनि समावेश छन्।

डिभाइसको डिजाइन क्लासिक फ्लिप फोन शैलीको जस्तै रहेको छ। फोनमा ४८०×६४० रिजोल्युसन पिक्सेलसहितको ३.२५ इन्चको आन्तरिक डिस्प्लमा रहेका छ भने डिभाइसमा परम्परागत शैलीको भौतिक किबोर्ड पनि समावेश गरिएको छ।

कमोडोरले उपयोगी आधुनिक सुविधाहरू पूर्ण रूपमा नत्यागी स्मार्टफोनको लतबाट छुटकारा पाउन चाहने प्रयोगकर्ताहरूलाई लक्षित गरिरहेको छ। कम्पनीले डिभाइसलाई “साधारण फोन” र स्मार्टफोन बीचको फोनको रूपमा वर्णन गरेको छ।

कलब्याक ८०२० को सुरुवाती मूल्य लगभग ४९९ अमेरिकी डलर कायम गरिउको छ भने प्रि–अर्डरहरू यो महिनाको ३० तारिखमा खुल्ने अपेक्षा गरिएको छ। साथै फोन धेरै संस्करणहरू र रेट्रो रङ्गहरूमा उपलब्ध हुनेछ।

प्रकाशित: ९ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

20260622