काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले बुटवल पावर कम्पनी लिमिटेडलाई प्रदान गरिएको ग्रामीण भीस्याट (रुरल भीस्याट-१०) सेवाको अनुमति पत्र स्वतः खारेज भएको जनाएको छ।
प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै नयाँगाउँ गाउँपालिका–७, प्युठानमा ग्रामीण भीस्याट सेवा सञ्चालनका लागि बुटवल पावर कम्पनीलाई २०६८ फागुन २४ गते प्रदान गरिएको अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेका कारण दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम उक्त अनुमति पत्र २०८३ जेठ २४ गतेदेखि स्वतः खारेज भएको जनाएको हो।
यस सम्बन्धमा सरोकारवालालाई जानकारी गराउन सूचना प्रकाशित गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
प्रकाशित: ७ असार २०८३, आईतवार