एनबीआई र दुबईको ईआईबिएफएस बीच समझदारीपत्रमा हस्ताक्षर

Technology Khabar ८ असार २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्टिच्यूट (एनबीआई) र ईमिरेट्स इन्स्टिच्यूट फर बैंकिंग एण्ड फाइनान्सियल स्टडिज बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारी पत्रमा नेशनल बैंकिङ्ग ईन्टिच्यूटका प्रमूख कार्यकारी अधिकृत सञ्जीब सुब्बा र सो संस्थाका महाप्रबन्धक जमल अह्मेद अल जस्मीद्धारा हस्ताक्षर गरिएको छ । उक्त समझदारीले तालिम, शिक्षा तथा अनुसन्धानको क्षेत्रमा दुईवटै संस्थाबीच रणनीतिक सम्बन्ध स्थापित गरेको छ । जुन सम्बन्धले बैंक तथा वित्तीय संस्थाहरुका लागि आयोजना गरिने सभा, सम्मेलन, गोष्ठी तथा सामुहिक छलफल जस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउनको लागि तालिम तथा सिकाईको थप अवसरहरु सिर्जना भएको छ ।

सो संस्थाद्धारा प्रबद्र्धित तालिम, शिक्षा तथा अनुसन्धान सम्बन्धी संयन्त्रहरुमा पुग्ने एनबिआइएको पहुँच मार्फत नेपालमा समेत बैंक तथा वित्तीय संस्थाहरु सम्बन्धी तालिम, शिक्षा तथा अध्ययन अनुसन्धानको लागि अवसरहरु थप हुने अपेक्षा राखिएको छ ।

प्रकाशित: ८ असार २०७६, आईतवार

तपाइको प्रतिक्रिया