
काठमाडौं ।
नेपालका लागि टिभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु नेपालमा सार्वजनिक गरेको छ।
युवा राइडरहरूको रोजाइमा पर्दै आएको टिभीएस एनटर्क लाइनअपमा यो नयाँ कलर भेरियन्टले थप आकर्षण, स्पोर्टीनेस र बोल्डनेस थपेको कम्पनीको दावी छ।
टिभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु विशेष गरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि तयार गरिएको स्कुटर हो।
कम्पनीका अनुसार यसको ‘आकर्षक ब्लेज ब्लु कलर, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइन र आत्मविश्वासी रोड प्रेजेन्स’ले स्कुटरलाई अझै दमदार र फरक बनाएको छ।
यो स्कुटरले ५० किमि प्रतिलिटरको सुनिश्चिततालगायत महत्त्वपूर्ण विशेषताहरू पनि प्रदान गरेको छ। यी विशेषताहरूले ग्राहकलाई पर्फमेन्ससँगै विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाउने कम्पनीको बुझाई छ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘टिभीएस एनटर्कले सधैं पर्फमेन्स, प्रविधि र बोल्ड स्टाइल खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध बनाउँदै आएको छ। टिभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुको सार्वजनिकसँगै हामी एनटर्कको यही पहिचानलाई अझ नयाँ र उत्साहजनक रूपमा प्रस्तुत गरिरहेका छौं। आफ्नो राइडमार्फत अलग देखिन चाहने राइडरहरूका लागि यो नयाँ भेरियन्ट निकै आकर्षक हुनेमा हामी विश्वस्त छौं।’
‘यो सार्वजनिककरणले नेपाली ग्राहकहरूका लागि स्टाइलिश, पर्फमेन्स–केन्द्रित र युवा लक्षित मोबिलिटी सोलुसनहरू उपलब्ध गराउने जगदम्बा मोटर्सको निरन्तर प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ’, कम्पनीले जनाएको छ।
प्रकाशित: ६ असार २०८३, शनिबार