वैशाख २०८३ मा ई-कमर्स कारोबार: रकम पौने ३ करोडले बढ्यो,सङ्ख्या साढे ३३ हजारले घट्यो

  • Technology Khabar | २ असार २०८३, मंगलवार
वैशाख २०८३ मा ई-कमर्स कारोबार: रकम पौने ३ करोडले बढ्यो,सङ्ख्या साढे ३३ हजारले घट्यो

काठमाडौं ।

चालु आर्थिक वर्षको दशौं महिना वैशाख २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार रकम केही बढेको र सङ्ख्या घटेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ वैशाख मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई-कमर्समार्फत हुने कारोबारको रकम २ करोड ७० लाखले  बढेको तथा सङ्ख्या साढे ३३ हजारभन्दा माथिले घटेको पाइएको हो।

विवरण अनुसार २०८३ वैशाख महिनाभरीमा ई-कमर्समार्फत १ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् चैत्र मसान्तसम्म १ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो।

यसरी हेर्दा चैत २०८२ बाट वैशाख मसान्त २०८३ सम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार २ करोड ७० लाख रुपैयाँले बढेको देखिन्छ।

कारोबार सङ्ख्याका हिसाबले हेर्दा २०८३ वैशाख मसान्तसम्म ईकमर्स मार्फत २ लाख १५ हजार ५९ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् २०८३ चैत्र मसान्तसम्म भने २ लाख ४८ हजार ६३१ पटक कारोबार भएको थियो।

तुलनात्मक रुपमा हेर्दा चैत्र मसान्त २०८२ देखि वैशाख मसान्त २०८३ सम्म आउँदा ईकमर्समार्फत हुने कारोबार सङ्ख्यामा ३३ हजार ५७२ ले घटेको विवरणबाट प्रस्ट हुन्छ।

प्रकाशित: २ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...