कम्पनीको नाम र लोगो दुरुपयोग गरी ठग्न प्रयास गर्नेहरुसँग सचेत रहन एनसेलको आग्रह

  • Technology Khabar | १ असार २०८३, सोमबार
कम्पनीको नाम र लोगो दुरुपयोग गरी ठग्न प्रयास गर्नेहरुसँग सचेत रहन एनसेलको आग्रह

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम र लोगो दुरुपयोग गर्दै नगद पुरस्कार जित्ने अवसर दिएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति सचेत रहन ग्राहकलाई आग्रह गरेको छ।

कम्पनीका अनुसार विभिन्न फेसबुक पेज, लिंक तथा सन्देशमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्ने उद्देश्यले भ्रामक पोस्ट, स्क्रिनसट, कमेन्ट र सन्देशहरू प्रचार–प्रसार भइरहेको जानकारी प्राप्त भएको छ। यस्ता पेज वा लिंकमा क्लिक गरी आफ्नो व्यक्तिगत विवरण नदिन कम्पनीले अनुरोध गरेको छ।

एनसेलले यस्ता अनधिकृत रूपमा सञ्चालन गरिएका पेज, लिंक वा वेबसाइटका झुटा प्रचारमा विश्वास गर्दा व्यक्तिगत विवरण चोरी हुने, सामाजिक सञ्जाल वा अन्य अनलाइन खाताहरू ह्याक हुने जस्ता जोखिम रहने जनाएको छ।

कम्पनीले आफूले यस्तो कुनै योजना सञ्चालन नगरेको स्पष्ट पारेको छ। साथै, आधिकारिक रूपमा प्रकाशित सूचना तथा कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजमा उपलब्ध जानकारीलाई मात्र विश्वास गर्न ग्राहकलाई अनुरोध गरेको छ।

एनसेलले अनलाइन ठगीका प्रयास बढिरहेको भन्दै अपरिचित लिंक, पेज वा सन्देशप्रति सजग रहन र व्यक्तिगत तथा गोप्य विवरण साझा नगर्न पनि आग्रह गरेको छ।

प्रकाशित: १ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार