
काठमाडौं ।
यो हप्ताको सुरुमा एप्पल वाचको लागि पूर्ण रूपमा नेटिभ एप अनावरण गरेपछि टेलिग्रामले अब वेयर ओएस स्मार्टवाचहरूको लागि समर्पित एपको घोषणा गरेको छ।
कम्पनीले २०२१ मा प्ले स्टोरबाट आफ्नो अघिल्लो एप हटाएपछि यो कदमले टेलिग्रामको वेयर ओएस प्लेटफर्ममा फिर्ता आएको संकेत गरेको छ।
वेयर ओएसको लागि टेलिग्राम एपले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टवाचबाट सिधै उनीहरूको पूर्ण कुराकानीहरूमा पहुँच दिनेछ। यो सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो फोन नउठाई च्याटहरू ब्राउज गर्न र स्क्रोल गर्न अनुमति दिनेछ।
एपले फोटो, भिडियो र स्थान पूर्वावलोकन सहित सेयर गरिएका मिडिया पनि प्रदर्शन गर्न सक्छ भनि टेलिग्रामले बताएको छ।
त्यसका साथै, एपले भ्वाइस म्यासेजहरूलाई समर्थन गर्नेछ र त्यसले प्रयोगकर्ताहरूलाई उनीहरूको नाडीबाट भ्वाइस नोटहरू सुन्न र रेकर्ड गर्न सक्षम बनाउनेछ। प्रयोगकर्ताहरूले च्याट थ्रेडहरू भित्र सिधै स्टिकरहरू पनि पठाउन सक्नेछन्।
वेयर ओएस एपले धेरै च्याट म्यानेजमेन्ट टुल्स (व्यवस्थापन उपकरणहरू) पनि समावेश गर्दछ भने त्यसले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टवाचबाट सिधै कुराकानीहरू पिन गर्न, म्यूट गर्न र मेटाउन अनुमति दिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
Telegram is now on Wear OS.
Owners of Galaxy Watch, Pixel Watch, Xiaomi Watch and other smartwatches — enjoy! ☕️ pic.twitter.com/Rmvel99ziW
— Pavel Durov (@durov) June 11, 2026
प्रकाशित: ३१ जेष्ठ २०८३, आईतवार