ताजा समाचार

भन्सार छलेका १४ थान आईफोन मोबाइल बरामद

भन्सार छलेका १४ थान आईफोन मोबाइल बरामद
Global IME Bank

प्रहरीले भन्सार छलेका १४ थान एप्पलको आईफोन बरामद गरेको छ।

अन्दाजी रु सात लाख बराबरको आईफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको हो।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आईफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। रासस

Sajilo Visa
easy care