
काठमाडौं ।
म्याकओएस २७ गोल्डेन गेटको साथ एप्पलले अब इन्टेल प्रोसेसरहरू भएका म्याकहरूको लागि आफ्नो समर्थन समाप्त गर्दैछ। क्युपर्टिनोको डेस्कटप अपरेटिङ सिस्टमको पछिल्लो संस्करणले एम र ए–सिरिज चिपहरू भएका डिभाइसहरूलाई मात्र समर्थन गर्नेछ। आईओएस २७ जस्तै, मुख्य नयाँ थप स्ट्यान्डअलोन सिरी एआई एप र अपडेट गरिएको एप्पल इन्टेलिजेन्स क्षमताहरू हुन्।
सिरी एआईले पर्सनल कन्टेक्स्ट (व्यक्तिगत सन्दर्भ), सिस्टम–वाइड एप्स समर्थन र भिजुअल इन्टेलिजेन्सलाई समर्थन गर्दछ भने त्यसले प्रयोगर्ताको स्क्रिनमा वस्तुहरू पहिचान गर्नेछ। त्यसैगरी एप्पलले प्रस्तुत गर्न गइरहेको “टाइप टु सिरी” ले प्रयोगर्तालाई स्पटलाइट सर्चमा सिधै प्रम्प्टहरू इन्ट्रि गर्न अनुमति दिनेछ र त्यसमा नयाँ इन्टरफेस रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
नयाँ सिरी एप एम१ चिप (र पछिका) साथै म्याकबुक नियो (ए१८ प्रो) भएका म्याकहरूमा उपलब्ध हुनेछ। यद्यपि अधिक शक्तिशाली अन–डिभाइस एप्पल इन्टेलिजेन्स सुविधाहरू र कस्टमाइजेसन अप्सनहरूले कम्तिमा १२जीबी एकीकृत मेमोरी भएको एम३ चिप (वा नयाँ) भएका म्याकहरूमा मात्र काम गर्नेछन्।
एप्पलले गोल्डेन गेटले सिस्टम–लेभल सुधारहरू प्रदान गरेको दाबी गरेको छ। यसमा सफारीमा छिटो फाइल ब्राउजिङ र छिटो लोडिङका साथै छिटो एयरड्रप ट्रान्सफर समावेश छ।
भिजुअल तर्फ, एप्पलको लिक्विड ग्लास डिजाइनलाई सानो पारिएको छ र त्यसले ओएसमा रिड्याबिलिटीका साथै टूलबार र मेनु वस्तुहरू जस्ता पक्षहरूमा एकरूपता सुनिश्चित गर्नेछ।
त्यहाँ उपलब्ध स्लाइडर विकल्पले प्रयोगर्तालाई सम्पूर्ण यूआईमा प्रभावको अस्पष्टता नियन्त्रण गर्न दिनेछ। एप्पलले ५के/१२०हर्ज अल्ट्रावाइड डिस्प्लेहरूको लागि समर्थनको पनि पुष्टि गरेको छ।
म्याकओएस २७ गोल्डेन गेटको विकासकर्ता बिटा मंगलबारदेखि उपलब्ध हुने बताइएको छ। सार्वजनिक बिटा भने आगामी महिनामा सुरु हुने तय भएको छ र त्यसपछि सेप्टेम्बरमा अन्तिम रिलीज हुनेछ।
म्याकओएस २७ यी डिभाइसहरूसँग उपयुक्त हुनेछः
प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार