
काठमाडौं ।
सामसङले जनवरीमा ग्यालेक्सी एस२७, ग्यालेक्सी एस२७प्लस र ग्यालेक्सी एस२७ अल्ट्रा सँगसँगै ग्यालेक्सी एस२७ प्रो लन्च गर्ने हल्ला चलिरहेको छ। ग्यालेक्सी एस२७ प्रो भने एस पेन बिनाकौ सानो अल्ट्रा हुने भनिएको छ। यो डिभाइसमा ६.४७ इन्चको स्क्रिनको साथमा अल्ट्राको जस्तै उही मुख्य क्यामरा र अल्ट्रावाइड (तर टेलिफोटो फरक) हुनेछ।
ब्याट्री क्षमताको कारेमा कुरा गर्ने हो भने ग्यालेक्सी एस२७ प्रोको अल्ट्राको भन्दा थोरै सानो आकारलाई विचार गर्दा डिभाइसमा ब्याट्रीको लागि कम क्षेत्र हुने अनुमान गर्न सकिनेछ। तर एस पेन हटाउनाले ब्याट्रीको लागि थप क्षेत्र उपलब्ध हुन सक्ने उल्लेख गरिएको छ। एक्समार्फत एक टिपस्टरले ग्यालेक्सी एस२७ प्रो मा ५,००० एमएएच ब्याट्री हुनेछ भनि बताएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
हालका चिनियाँ स्मार्टफोनको लागि यो ब्याट्री क्षमता निकै थोरै हो भने सामसङको लागि यो ब्याट्री क्षमता मूल रूपमा उत्कृष्ट भएको बताइएको छ। साथै ग्यालेक्सी एस२६ अल्ट्रामा पनि उही ब्याट्री क्षमता भएको हुनाले त्यसको उत्तराधिकारी पनि यही ब्याट्री क्षमता हुन सक्ने उल्लेख गरिएको छ।
प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार