
काठमाडौं ।
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा “बिट द स्पीड”: नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको तेस्रो संस्करण अन्तिम चरणमा पुगेको छ।
यो संस्करणका लागि टोली पूर्वदेखि पश्चिमको बैतडीसम्मका २३ जिल्लामा पुगेको थियो। ती मध्ये सबैभन्दा बढी गतिमा बल फाल्ने १० खेलाडीलाई काठमाडौं ल्याइएको छ।
उनीहरुबीच तीनवटा प्रतिस्पर्धा गराइनेछ। पहिलोमा लाइन तथा लेन्थ एक्युरेसी कत्तिको छ, अर्को कत्तिको इकोनोमिकल छ र अन्तिममा स्पीड र एजिलिटीको परीक्षण गरिनेछ। त्यसैका आधारमा एक जना विजेता घोषित गरिनेछ।
विजेतालाई भारतको जस्ट क्रिकेट एकेडेमीमा पठाइनेछ। गत वर्षका विजेतालाई पनि त्यहिँ पठाइएको थियो।
यो अभियानको गत वर्षको विजेता हिक्मत महरा भएका थिए। उनी हाल सुदूरपश्चिमको टिममा खेलिरहेका छन्। महराले गत वर्ष १२० किमि/घण्टा को गतिमा बल फ्याँकेका थिए भने केही समययता १४० किमि/घण्टासम्म पनि फ्याँकिरहेका छन्।
सम्बन्धित समाचार
वर्ल्डलिंकको “बिट द स्पीड” अभियान: नेपालकै फास्टेस्ट बलरको उपाधि प्रदिप जैसवाललाई
उनले भारतमा रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, केएल राहुल विरुद्ध बलिङ गर्न पाएका थिए।
गत वर्ष अर्का उदीयमान खेलाडी किरण चन्दलाई पनि भारतमा सिक्न जाने अवसर प्रदान गरिएको थियो।
यस पटकको अभियानमा तक्लु दाईका नामले चिनिने आयरल्याण्डका प्रख्यात कमेन्टेटर एण्ड्र्यू लिओनर्ड पनि जोडिएका छन्।
बलरकै खोजी अभियान किन?
कम्पनीका अनुसार वर्ल्डलिंकले ब्याट्सम्यानको अभियान पनि गर्न सक्थ्यो तर ब्याट्सम्यानको प्रतिभा ब्याटिङ गरेपछि नै देखिने तर फास्ट बलरको प्रतिभा भने जन्मजात नै हुन्छ जसमा हातको चाल तथा बल फ्याल्ने कलाको मिश्रणबाट, शरिरको लचकबाट थाहा पाउन सकिन्छ।
यसपटक २३ शहरका ३ हजारभन्दा बढीले अभियानमा सहभागिता जनाएकामा वर्ल्डलिङ्कले खुसी व्यक्त गरेको छ। कम्पनीका अनुसार क्रिकेट एसोसियशन अफ नेपाल क्यान पनि अभियानको साझेदार हो।
अभियानमा वर्ल्डलिङ्कका एम्बेस्डरहरु रोहित पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीलगायतले पनि सहभागिता जनाएका छन्। उनीहरुले बलिङ गर्ने, प्रतिस्पर्धीहरुका बलको सामना गर्ने लगायत योगदान दिएका थिए। कम्पनीका अनुसार यसका सम्पूर्ण भिडियोहरु वर्ल्डलिंकको फेसबुक पेज वा आधिकारिक यूट्युब च्यानलमा हेर्न सकिने जनाएको छ।
प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार