अर्को मस्ट्याङ ल्याउने फोर्डको संकेत

  • Technology Khabar | २५ जेष्ठ २०८३, सोमबार
अर्को मस्ट्याङ ल्याउने फोर्डको संकेत
फाइल तस्बिर

काठमाडौं ।

फोर्ड ४० हजार डलरभन्दा कम प्रारम्भिक मूल्य भएका धेरै नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा रहेको छ। तीमध्ये एक नयाँ सेडान कार हुने अपेक्षा गरिएको छ।

यो सेडान कस्तो हुनेछ भन्ने अझै रहस्यमै छ, तर फोर्डका एक कार्यकारीले आउन लागेको मोडलको संकेत दिएका छन्, र यो चार ढोकायुक्त मस्टाङको रूपमा आउन सक्ने अनुमान गरिएको छ।

टेलिग्राफीका अनुसार फोर्डमा फोर्ड ब्लु र मोडल ईका अध्यक्ष एन्ड्र्यु फ्रिकले कम्पनीले “मस्टाङ परिवार विस्तार गर्ने” योजना बनाइरहेको बताएका छन्।

यस वर्ष हालसम्म मस्ट्याङको बिक्री बलियो रहे पनि, एक दशकअघिको तुलनामा यसको बिक्री हजारौंले घटेको छ।

प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार