इन्टरनेटमा पहिलो पटक एआई ट्राफिकले मानव ट्राफिकलाई उछिन्न सफल

  • Technology Khabar | २५ जेष्ठ २०८३, सोमबार
इन्टरनेटमा पहिलो पटक एआई ट्राफिकले मानव ट्राफिकलाई उछिन्न सफल
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

पहिलो पटक स्वचालित ट्राफिकले इन्टरनेटमा मानव ट्राफिकलाई उछिनेको छ।

क्लाउडफ्लेयरका सीईओ म्याथ्यू प्रिन्सले एआई ट्राफिक अपेक्षा भन्दा छिटो बढिरहेको बताएका छन्।

यी एआई प्रणालीहरूले वेबसाइटहरू ब्राउज गर्ने, जानकारी प्राप्त गर्ने र कार्यहरू गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

त्यसैगरी एआई एजेन्टहरूले एउटै कार्यको लागि मानिसले भन्दा धेरै पृष्ठहरू भ्रमण गर्न सक्ने उल्लेख गरिएको छ। त्यसले वेबसाइटहरूले ट्राफिक मापन गर्ने, सामग्री सुरक्षित गर्ने र पैसा कमाउने तरिका परिवर्तन गर्दछ।

साथै इन्टरनेट एउटा यस्तो ठाउँ बन्दैछ जहाँ मेसिनहरू मुख्य आगन्तुकहरू हुन सक्छन्।

प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार