आईफोन १८ प्रो म्याक्सको आयामको खुलासा

  • Technology Khabar | २३ जेष्ठ २०८३, शनिबार
आईफोन १८ प्रो म्याक्सको आयामको खुलासा
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आईफोन १८ प्रो सिरिजमा आफ्नो पूर्ववर्तीहरूको जस्तै आधारभूत डिजाइन रहने अपेक्षा गरिएको छ र स्वाभाविक रूपमा आगामी डिभाइसको आयामहरूमा पनि समान हुने उल्लेख गरिएको छ।

टिपस्टर आइस युनिभर्सको नयाँ पोस्ट अनुसार १८ प्रो म्याक्स (तर जीएसएमएरिनाले १८ प्रो मान्दछ) ८.७५ एमएम मापन गर्ने उल्लेख गरिएको छ। साथै आगामी डिभाइसको यो मोटाई ठ्याक्कै १७ प्रो मोडेलहरूको जस्तै भएको बताइएको छ।

टिपस्टरले एप्पलले आफ्नो पहिलो फोल्डेबल फोनमा निरन्तर ध्यान केन्द्रित गरेको बताएको छ। तर आईफोन अल्ट्रा धेरै नयाँ सुविधाहरू बिना १८ प्रो सिरिजबाट हटेको उल्लेख गरिएको छ।

साथै अल्ट्रा मोडेल आईफोन पिरामिडको शीर्षमा रहनेछ र कपर्टिनोले आफ्नो पहिलो फोल्डेबलाई सकेसम्म उत्कृष्ट बनाउन चाहने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...