
काठमाडौं ।
एप्पलले अर्को पुस्ताको एआई–इन्फ्युज्ड सिरीलाई शक्ति प्रदान गर्न गुगल र एनभिडियासँग साझेदारी गर्ने द इन्फर्मेसनले रिपोर्ट गरेको छ। साथै यो केवल सामान्य साझेदारी मात्र नभएर एप्पल अब एनभिडियाको ब्ल्याकवेल चिप्स र गुगलको जेमिनी एआई मोडेलमा दृढतापूर्वक भर पर्ने उल्लेख गरिएको छ।
एप्पल सामान्यतया घर भित्र नै आफ्ना उत्पादनहरूको विविधीकरण वा विकासको लागि परिचित रहेको हुनाले यो कदमलाई अब कम्पनीको रणनीतिमा एक रोचक परिवर्तन भएको हो। साथै पछिल्लो रिपोर्टले केही सिरी क्वेरीहरू जेमिनीको इजाजतपत्र प्राप्त संस्करणमा गुगल क्लाउडमा चल्ने सुझाव दिएका छन्।
गुगलको डाटा सेन्टरले एनभिडियाको ब्ल्याकवेल बी२०० चिप्सलाई बेक्ड–इन कन्फिडेन्सियल (गोप्य) कम्प्युट सुविधाको साथ प्रयोग गर्ने बताइएको छ र त्यसले डाटालाई चिपमा नै प्रोशेस गर्दै इन्क्रिप्ट गर्ने उल्लेख गरिएको छ।
एप्पलले यो तरिकाको साथ गोपनीयता र सुरक्षाको कुरा गर्दा सबै आधारहरू कभर गर्ने भएको छ। त्यसैगरी स्मार्ट सिरीको पहिलो पुनरावृत्ति सम्भवतः आगामी सेप्टेम्बरमा देख्न पाइने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार