योग्य उम्मेदवार नभेटेपछि सरकारले फेरी माग्यो दूरसञ्चार प्राधिकरणको कानून सदस्य पदका लागि दरखास्त

  • Technology Khabar | २२ जेष्ठ २०८३, शुक्रबार
योग्य उम्मेदवार नभेटेपछि सरकारले फेरी माग्यो दूरसञ्चार प्राधिकरणको कानून सदस्य पदका लागि दरखास्त

काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको कानून विषयको सदस्यका लागि नयाँ दरखास्त माग गरेको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै दूरसञ्चार क्षेत्रको नियामक निकायको कानून तर्फको सदस्य पदका लागि आवेदन दिन चाहनेहरु इच्छुकहरुसँग दरखास्त दिन भनेको छ।

यसअघि सरकारले २०८३ बैशाख २६ मा प्राधिकरण अध्यक्षसहित सबै पदहरुका लागि आवेदन माग गरेकोमा कानुन पदका लागि योग्य दरखास्त नपरेको उल्लेख गरेको थियो।

सोहीअनुसार त्यसबेला कानुन पदमा दरखास्त दिनेहरु सबै अयोग्य भएका थिए।

हाल फेरी यसअघिकै न्यूनतम योग्यता र अनुभव लगायत तोकेर मन्त्रालयले नयाँ सूचना जारी गर्दै दरखास्त माग गरेको हो।

उक्त पदका लागि दरखास्त हाल्ने अवधि यहि जेठ २८ गतेसम्म तोकिएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

विराटनगरका युवालाई आइटी प्रशिक्षण

  • Technology Khabar
  • २२ जेष्ठ २०८३, शुक्रबार