
काठमाडौं ।
सनवे कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ।
कलेजले एआई र बीआईसँगै डिजिटल प्रणालीमा BSc (Hons) Business Information Technology (BIT) नामक नयाँ शैक्षिक कार्यक्रम शुरु गरेको हो।
बर्तमान समयको माग अनुसार ‘बिएस्सी अन्स बिजनेस इन्फर्मेसन टेक्नोलोजी बीआईटी’ नामक स्नातक तहको कार्यक्रम सुरु गरेको कलेजले बताएको छ।
सूचना प्रविधि र व्यवस्थापन शिक्षाको संयोजनमा तयार पारिएको यो कार्यक्रम एआई, डाटा विश्लेषण, बिजनेस इन्टेलिजेन्स तथा डिजिटल व्यवसाय प्रणालीमा केन्द्रीत रहेको दावी गरिएको छ।
व्यवसायिक निर्णय प्रक्रियामा डाटा र प्रविधिको प्रयोग बढ्दै गएका कारण प्रविधि तथा व्यवस्थापन दुवै क्षेत्रमा समान बुझाइ भएका जनशक्तिको माग बढिरहेको सन्दर्भमा कार्यक्रम ल्याइएको बताइएको छ।
सनवेका अनुसार १२ कक्षा उत्तीर्ण गरेपछि व्यवस्थापन वा सूचना प्रविधिमध्ये कुन विषय रोज्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई दुवै क्षेत्रको ज्ञान एउटै पाठ्यक्रममार्फत प्रदान गर्ने उद्देश्य कार्यक्रमको रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
कार्यत्रमबारे जानकारी दिँदै कलेजका प्रिन्सिपल कुशल रेग्मीले अहिलेको व्यवसायिक परिवेशमा प्रविधि र व्यवस्थापनलाई अलग–अलग रुपमा बुझेर मात्र पर्याप्त नहुने बताए।
उनका अनुसार नेपाल र विश्वव्यापी रुपमा नै एआई, डाटा र बिजनेस इन्टेलिजेन्सको प्रयोगमार्फत रणनीतिक निर्णय लिन सक्ने जनशक्तिको आवश्यकता बढ्दै गएको छ।
नया पाठ्यक्रममा बिजनेस इन्टेलिजेन्स एन्ड डाटा एनालिटिक्स, व्यवसायमा एआईको प्रयोग, डिजिटल व्यवसाय रणनीति, टेक्नोलोजी तथा वित्तीय व्यवस्थापनलगायत विषय समावेश गरिएको छ।
त्यसैगरी कार्यक्रम उद्योगको आवश्यकता र रोजगारी बजारलाई ध्यानमा राखेर तयार गरिएको कलेजले थप बताएको छ।
त्यसैगरी, कलेजले विद्यार्थी तथा युवा उद्यमीलाई लक्षित गर्दै स्टार्टअप इन्क्युबेशन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। ऊक्त कार्यत्रममार्फत व्यवसायिक अवधारणालाई परिष्कृत गर्ने, उद्यममा रूपान्तरण गर्ने तथा बजारसम्म पुर्याउन सहयोग प्रदान गरिँदै आएको बताइएको छ।
कलेजले हालै स्थापना गरेको एआई इनोभेसन सेन्टरमार्फत कृत्रिम बुद्धिमत्तासम्बन्धी अनुसन्धान, प्रयोगात्मक सिकाइ तथा नवप्रवर्तनका गतिविधिहरू पनि सञ्चालन भइरहेको जनाएको छ। यसले विद्यार्थीलाई वास्तविक समस्याको समाधानमा आधारित प्रविधि प्रयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रिन्सिपल रेग्मीका अनुसार कार्यक्रम पूरा गरेका विद्यार्थीहरूले बिजनेस इन्टेलिजेन्स विश्लेषक, एआई व्यवसाय परामर्शदाता, डिजिटल उद्यमी, डाटा तथा प्रणाली व्यवस्थापकलगायत विभिन्न क्षेक्रमा करियर विकास गर्न सक्नेछन्।
सो कार्यत्रमकमा लागि भर्ना प्रक्रिया शुरु भएको कलेजले जानकारी गराएको छ। प्रारम्भिक चरणमा सीमित संख्याका मेधावी विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ। यो शैक्षिक कार्यक्रम बेलायतस्थित बर्मिंघम सिटी युनिभर्सिटी सँग सम्बन्धित रहेको कलेजले जानकारी दिएको छ।
प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार