
काठमाडौं ।
फक्सवागनका पूर्व सीईओ हर्बर्ट डायसले नयाँ कम्पनी डायस ई–एग्रारटेक्निक एजीको स्थापनाको घोषणा गरेका छन्। यो कम्पनी विद्युतीय ट्रयाक्टरहरूको विकासमा केन्द्रित हुने बताइएको छ।
म्युनिख–आधारित कम्पनीले २०२७ मा आफ्नो पहिलो विद्युतीय ट्रयाक्टर लन्च गर्ने लक्ष्य राखेको टेलीग्राफले रिपोर्ट गरेको छ।
डाइसका अनुसार, नयाँ मोडेलको सञ्चालन लागत डिजेल ट्रयाक्टरहरूको तुलनामा ५० प्रतिशतसम्म कम हुनेछ।
यो विद्युतीय ट्रयाक्टरमा बदल्न मिल्ने ब्याट्रीहरू समावेश गरिने बताइएको छ भने यो सेवाले गर्दा ट्रयाक्टरले दिनभरि निर्बाध रुपमा काम गर्न सक्ने उल्लेख गरिएको छ।
यो विद्युतीय ट्रयाक्टरले घाँस काट्ने र लोडरहरू सहित कृषिका साथै म्युनिसिपल डिभाइसहरूको विस्तृत दायरालाई समर्थन गर्नेछ।
डाइसले भविष्यमा कम्पनीले स्वायत्त समाधान र सौर्य–संचालित चार्जिङ स्टेशनहरू पनि विकास गर्न सक्ने संकेत गरेको छ।
प्रकाशित: २४ जेष्ठ २०८३, आईतवार