५० लाखसम्मका गाडीमा मूल्य घट्छ:  अर्थमन्त्री डा. वाग्ले

  • Technology Khabar | १८ जेष्ठ २०८३, सोमबार
५० लाखसम्मका गाडीमा मूल्य घट्छ:  अर्थमन्त्री डा. वाग्ले

काठमाडौं ।

अर्थमन्त्री डा. स्वणिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दावी गरेका छन्। आज नेपाल आर्थिक पत्रकार संघको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उने विलासी गाडीमा मात्रै कर बढेको बताएका हुन्।

उनले  केही वर्षअघिसम्म  विद्युतीय गाडीको पेनिट्रेशन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए।

‘अहिले १ करोडसम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलासिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाखमाथिका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’

उनले व्यवसायीहरु किलोवाटका आधारमा गाडी भित्र्याउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए। किलोवाटको सट्टा मूल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरु समेत राहात महसुस गरेको उनको भनाई छ।

अर्थमन्त्री वाग्लेले विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताए।

प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार