स्मार्टफोन देखि स्मार्टवाचसम्ममा आगामी आर्थिक वर्षदेखि हरित कर लाग्ने

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
स्मार्टफोन देखि स्मार्टवाचसम्ममा आगामी आर्थिक वर्षदेखि हरित कर लाग्ने

काठमाडौं ।

सरकारले देशभित्र आयात हुने स्मार्टफोन तथा स्मार्टवाचहरुमा हरित कर लगाएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा पेश गरेको आर्थिक विद्येयक २०८३ मार्फत स्मार्टफोनमा हरित कर लगाईएको हो।

विद्येयकअनुसार स्मार्टफोन तथा सेलुलर सञ्जाल वा अन्य तारविहिन सञ्जालमा प्रयोग हुने टेलिफोनहरुमा ५ प्रतिशत हरित कर लाग्नेछ।

यसका साथै सरकारले आगामी आर्थिक वर्षदेखि दूरसञ्चार कम्पनीहरुले आयात गर्ने बेस स्टेशनमा समेत हरित कर असुल गर्नेछ।

यसका साथै सरकारले आयात गरिने स्मार्टघडी वा स्मार्टवाचमा पनि हरित कर लगाएको छ। स्मार्टवाचमा आगामी आवदेखि १५ प्रतिशत कर लाग्ने उल्लेख छ।

यसका साथै सरकारले राउटर र नेटवर्किङ्ग स्वीचमा ५ प्रतिशत हरित कर लगाएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले माइक्रोफोन इयरफोन हेडफोनमा पनि १० प्रतिशत हरित कर असुल गर्नेछ।

यसअघि सरकारले यी वस्तुहरुको आयातमा अन्तशुल्क कर लगाउँदै आएको थियो तर यस वर्ष सरकारले हरित करको नाममा उक्त कर लगाउने भएको हो।

यस वर्षको विद्येयकमार्फत सरकारले उल्लेखित वस्तुहरुमा लगाउँदै आएको अन्तशुल्क खारेज गरेको छ भने सोही दरमा हरित शुल्क लिने भएको छ।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार