भिभो टी५ स्मार्टफोन डेब्यू, ७,२००एमएएच ब्याट्री र आईपी६९ रेटिङ समावेश

  • Technology Khabar | १६ जेष्ठ २०८३, शनिबार
भिभो टी५ स्मार्टफोन डेब्यू, ७,२००एमएएच ब्याट्री र आईपी६९ रेटिङ समावेश
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

मेक्सिकोमा भिभो टी५ नामक नयाँ भिभो स्मार्टफोन चुपचाप डेब्यू गरिएको छ। भिभो टी५ स्न्यापड्रागन ६एस जेन २ चिपसेटद्वारा संचालित बजेट ४जी ह्यान्डसेट हो। डिभाइसमा रहेको ठूलो ७,२००एमएएच ब्याट्री मुख्य आकर्षणहरू मध्ये एक भएको बताइएको छ।

भिभो टी५ ४जीमा १२०हर्जको रिफ्रेस रेट र एचडी+ रिजोलुसन सहितको ६.७५ इन्चको एलसीडी डिस्प्ले रहेको छ।

फोनमा स्न्यापड्रागन ६एस जेन २ एसओसीको साथमा ८जीबी सम्म एलपीडीडीआर४एक्स र्याम र २५६जीबी यूएफएस २.२ स्टोरेज समावेश गरिएको छ।

डिभाइसमा रहेको ७,२००एमएएच ब्याट्रीले ४४वाट फास्ट वायर्ड चार्जिङलाई समर्थन गर्दछ भने उक्त ब्याट्रीले एकपटको सिङ्गल चार्जबाट ४५ घण्टासम्म भिडियो प्लेब्याक प्रदान गर्न सक्ने भिभोले दाबी गरेको छ।

भिभो टी५ ४जीको पछाडिको भागमा ५० मेगापिक्सेलको मुख्य रियर क्यामरा र २ मेगापिक्सेलको डेफ्थ युनिट सहितको स्क्वायरिश मेटल क्यामरा मोड्युल रहेको छ। सेल्फी र भिडियो कलिङको लागि फोनमा ३२ मेगापिक्सेलको क्यामरा उपलब्ध गराइएको छ।

फोनले एन्ड्रोइड १६–आधारित ओरिजिनओएस ६ आउट–अफ–द–बक्स चलाउने उल्लेख गरिएको छ। यो फोन साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, आईपी६८÷आईपी६९ रेटिङ र स्टेरियो स्पिकरहरूसँग आउने बताइएको छ।

कनेक्टिभिटीको सन्दर्भमा, ह्यान्डसेटले डुअल–ब्यान्ड वाइफाइ, ब्लुटुथ ५.१, डुअल सिम ४जी समर्थन, एनएफसी, इन्फ्रारेड ब्लास्टर र यूएसबी टाइप–सी पोर्ट प्रदान गर्दछ।

भिभो टी५ ४जी मेक्सिकोमा कालो र सुनौलो रङ्ग विकल्पहरूमा खरिदको लागि उपलब्ध भएको बताइएको छ।

भिभो टी५ ४जीको एकमात्र ८जीबी/२५६जीबी भेरियन्टको मूल्य ५,७९९ मेक्सिकन पेसो (३३५ अमेरिकी डलर) रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...