सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गरिने, राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रदायको आधारभूत परिचय पत्रको रुपमा प्रयोग गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गरिने, राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रदायको आधारभूत परिचय पत्रको रुपमा प्रयोग गरिने

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८३/८४ मा नेपाल सरकारले हेलो सरकार संयन्त्रलाई सरकार नागरिक संवादको प्लेटफर्मको रुपमा विकास गर्नुका साथै सरकारी कार्यलयमा डिजिटल टाइम कार्ड लागू गर्ने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रदायको आधारभूत परिचय पत्रको रुपमा प्रयोग गर्दै मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बन्ध प्रणालीको सुदृढीकरण गरिने बताएका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार