
काठमाडौं ।
आर्थिक वर्ष २०८३/८४ मा सरकारले ग्रीन हाईड्रोजन उत्पादन कार्यलाई अघि बढाउने आवश्यक बजेटको व्यवस्था गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ग्रीन हाईड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भ गर्न हेटौँडामा २.५ मेगावाटको क्षमताको ग्रीन हाईड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रुपमा कार्यान्वयन गरिने बताएका छन्।
साथै सुख्खा यामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाण्डौँ उपत्यकामा सय मेगावाटको ब्याट्रि इनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्ने अर्थमन्त्री डा. वाग्लेले थप उल्लेख गरे।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार