आगामी आर्थिक वर्षको सूचना प्रविधि क्षेत्रका लागि ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
आगामी आर्थिक वर्षको सूचना प्रविधि क्षेत्रका लागि ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरण विद्येयक संसदमा पेश गर्ने भएको छ। यसैगरी नेपालमा दर्ता भएका सामाजिक सन्जालहरुबाट व्यवसायीक क्रियाकलाप गर्न प्रोत्साहन गरिने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर्णाली र सुदुर पश्चिम प्रदेशमा गुणस्तरिय दूरसञ्चार सेवाको बिस्तार गरिने घोषणा गरे।

उनले नविनतम प्रविधिको प्रयोगलाई तिब्रता दिईने घोषणा गरे।

यसैगरी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गरिने बताए।

सरकारले  आर्थिक वर्ष २०८३/८४ को सूचना प्रविधि क्षेत्रका लागि ५ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री वाग्लले घोषणा गरे।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार