सौर्य उर्जाबाट ३ सय ७० मेगावाट विद्युत उत्पादन गरिने, काठमाडौंमा १०० मेगावाटको ब्याट्री स्टोरेज परियोजना

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
सौर्य उर्जाबाट ३ सय ७० मेगावाट विद्युत उत्पादन गरिने, काठमाडौंमा १०० मेगावाटको ब्याट्री स्टोरेज परियोजना
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष सौर्य उर्जाबाट ३ सय ७० मेगावाट र जलविद्युतबाट ६ सय ७० मेगावाट गरि १ हजार ४० मेगावाट विद्युत विकास गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वच्छ उर्जालाई प्राथमिकता दिने घोषणा गरे।

यसैगरी हेटौँडामा २ दशमलब ५ मेगावाट क्षमताको ग्रीन हाईड्रोजन उत्पादनको लागि पाइलट परियोजना जारी गरिने भएको छ भने काठमाडौं उपत्यकामा १०० मेगावाटको ब्याट्री स्टोरेज परियोजना लागू गरिने घोषणा गरे।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...