अमेरिकी स्मार्टफोन बजार पहिलो त्रैमासिकमा ३ प्रतिशतले घट्यो, २०२६ मा थप गिरावट आउने अपेक्षा

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
अमेरिकी स्मार्टफोन बजार पहिलो त्रैमासिकमा ३ प्रतिशतले घट्यो, २०२६ मा थप गिरावट आउने अपेक्षा

काठमाडौं ।

ओमडियाले भर्खरै अमेरिकी स्मार्टफोन बजारको २०२६ को पहिलो त्रैमासिकको बारेमा आफ्नो विश्लेषण साझा गरेको छ। समग्र बजार वर्षिक रुपमा ३ प्रतिशतले संकुचित भएर ३३.४ मिलियन एकाइमा पुगेको बताइएको छ।

ट्रम्प प्रशासनद्वारा लगाइएको आयात शुल्कको कारण स्मार्टफोन निर्माताहरूले २०२५ को पहिलो त्रैमासिकमा इन्भेन्टरी निर्माणलाई तीव्र बनाएपछि २०२६ को पहिलो त्रैमासिकमा गिरावट आएको बताइएको छ। साथै स्मार्टफोन बजारले मेमोरी चिपको मूल्य बढ्दै जाँदा दबाब महसुस गर्न थालेको र स्मार्टफोन खरिदमा उल्लेखनीय मन्दी आएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी स्मार्टफोन लन्चमा भएको ढिलाइले पहिलो त्रैमासिकमा थप संकुचनमा योगदान पुर्याएको उल्लेख गरिएको छ। उदाहरणका लागि, ग्यालेक्सी एस२६ सिरिज २०२५ को तुलनामा लगभग एक महिना पछि लन्च गरिएको थियो।

सामसङले आफ्नो डिभाइस ढिलो लन्च गरेको हुनाले एप्पलले प्रिमियम खण्डमा थप ढुवानी सुरक्षित गर्न सफल भएको र उपभोक्ताहरूले आईफोन १७ रोजेको उल्लेख गरिएको छ। आईफोन १७ सिरिजले एप्पलको सबै ढुवानीको ७० प्रतिशत हिस्सा ओगटेको बताइएको छ। साथै एप्पलले आफ्नो अग्रणी स्थान कायम राखे पनि कम्पनीको ढुवानी वर्षिक रुपमा ३ प्रतिशतले घटेको छ।

दोस्रो स्थानमा रहेको सामसङको भने गत वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले गिरावट आएको छ। कम्पनीको तुलनात्मक रूपमा बलियो प्रदर्शनको बावजुद ग्यालेक्सी एस२६ को ढिलो लन्च आंशिक रूपमा दोषी सावित भएको उल्लेख गरिएको छ। तर ग्यालेक्सी एस२५ लाइनअपको तुलनामा ग्यालेक्सी एस२६ सिरिजको प्रि–अर्डरमा २५ प्रतिशत वृद्धि देखिएको बताइएको छ।

मोटोरोला एक मात्र स्मार्टफोन ओईएममा वृद्धि देखाउन सफल भएको बताइएको छ। कम्पनीले २०२५ को पहिलो त्रैमासिकको तुलनामा १८ प्रतिशत बढी ढुवानी सुरक्षित गरेको छ। मुख्यतया कम्पनीको अपडेट गरिएको मोटो जी पोर्टफोलियोले सबै मोटोरोला ढुवानीको ७० प्रतिशत भन्दा बढी ओगटेको उल्लेख गरिएको छ।

पिक्सेल १० सिरिजको बिक्री स्थिर रहँदा गुगलको बिक्री ७ प्रतिशतले घटेको बताइएको छ। साथै पिक्सेल १०ए को प्रारम्भिक लन्च कमजोर प्रदर्शन गर्ने पिक्सेल १० सिरिजलाई सन्तुलन गर्न पर्याप्त नभएको उल्लेख गरिएको छ।

अमेरिकी बजार समयसँगै ध्रुवीकृत हुँदै गइरहेको विश्लेषणबाट आएको अर्को प्रमुख निष्कर्ष भएको बताइएको छ। प्रिमियम र लो–इण्ड खण्डहरू मिड–रेञ्ज टियरको तुलनामा हालको बजार अवस्थाहरूमा बढी बलियो देखिएका छन्। सब–३०० अमेरिकी डलरको वर्ग ८ प्रतिशतले बढेको थियो भने प्रिमियम ८०० प्लस अमेरिकी डलर वर्ग केवल १ प्रतिशतले घटेको बताइएको छ। साथै ३०० देखि ५९९ अमेरिकी डलर १९ प्रतिशत र ६०० देखि ७०० अमेरिकी डलर वर्गहरू ६ प्रतिशतले घटेको रिपोर्ट गरिएको छ।

स्थानीय वाहकहरूसँग बलियो सहकार्य र प्लान–लिङ्क गरिएको प्रवद्र्धनहरू अगाडि बढ्ने बाटो भएको र तिनीहरूले उपभोक्ताहरूमा बढ्दो कम्पोनेण्ट लागतको प्रभावलाई कम गर्ने ओमडियाले विश्वास व्यक्त गरेको छ। विश्लेषकहरूले २०२६ को पूर्ण अवधिमा ४ प्रतिशत बजार संकुचन हुने भविष्यवाणी गरेका छन्।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार