यूरोपको स्मार्टफोन बजार पहिलो त्रैमासिकमा २ प्रतिशतले वृद्धि, २०२६ को पूर्ण अवधिमा भने १२ प्रतिशतले घट्ने अपेक्षाः ओमडिया

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
यूरोपको स्मार्टफोन बजार पहिलो त्रैमासिकमा २ प्रतिशतले वृद्धि, २०२६ को पूर्ण अवधिमा भने १२ प्रतिशतले घट्ने अपेक्षाः ओमडिया
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

२०२६ को पहिलो त्रैमासमा यूरोपमा (रूस बाहेक) ३३.० मिलियन स्मार्टफोनहरू ढुवानी गरिएको ओमडियाले रिपोर्ट गरेको छ। यो गत वर्षको पहिलो त्रैमासिकको तुलनामा २ प्रतिशतले वृद्धि भएको तर आगामी दिनहरुहरुमा समस्या आउँदै गरेको विश्लेषकहरूले बताएका छन्।

सामसङले १ करोड २६ लाख स्मार्टफोनहरू (+३ प्रतिशत) सहित आफ्नो पहिलो स्थान पुनः प्राप्त गरेको छ। तर यो वर्ष ग्यालेक्सी एस२६, एस२६प्लस र एस२६ अल्ट्रा फ्ल्यागशिपहरू सामान्य भन्दा ढिलो लन्च गरिएको हुनाले ढुवानी भने कमजोर भएको हो।

साथै ग्यालेक्सी ए५७ र ए३७ मा पनि ढिलाइ भएको थियो। तर ग्यालेक्सी ए१६ ४जी भने धेरै लोकप्रिय साबित भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

एप्पल आफ्नो प्रोडक्ट लन्च साइकलको समयको कारण दोस्रो स्थानमा झरेको छ। तैपनि कम्पनीले ८८ लाख फोनहरू ढुवानी गरेको र यो अघिल्लो त्रैमासिकको तुलनामा ८.८ प्रतिशतले वृद्धि भएको बताइएको छ।

साथै हालको यो वृद्धि आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स जस्ता नयाँ मोडेलहरूको बलियो मागको कारण भएको उल्लेख गरिएको छ। आईफोन १५ र १६ई सहितको एप्पलको सस्तो मोडेलहरूले मिड–रेञ्ज खण्डमा मद्दत पुर्याएको छ।

शाओमीले १५ प्रतिशत गिरावट अनुभव गरेको र पहिलो त्रैमासिकमा ४५ लाख फोनहरू मात्र ढुवानी गरेको छ। फ्ल्यागसिप शाओमी १७ र १७ अल्ट्रा, प्रिमियम शाओमी १५टी र १५टी प्रोमा उल्लेखनीय माग देखिएको ओम्डियाले उल्लेख गरेको छ।

मोटोरोलाले स्पेनका साथै पोर्चुगलमा वृद्धि हासिल गरेको र कम्पनीले १७ प्रतिशतले वृद्धि गर्दै १.९ मिलियन युनिट ढुवानी गरेको बताइएको छ। ओप्पोले पनि ९ प्रतिशतले वृद्धि गर्दै फ्रान्स, रोमानिया र पोल्याण्डमा वृद्धिसँगै १.३ मिलियन युनिटहरू ढुवानी गरेको गरेको उल्लेख गरिएको छ।

अनरले लगभग ओप्पोको बराबरी गरेको र ब्रान्डले गत वर्षको पहिलो त्रैमासको तुलनामा ६० प्रतिशतले वृद्धि गरेको छ।

“यूरोपमा स्मार्टफोनको औसत बिक्री मूल्य (एएसपी) पहिलो त्रैमासिकमा ५८० यूरोको रेकर्ड–हाई लेभल (उच्च स्तर) मा पुगेको छ। यो मुख्यतया २०० यूरो भन्दा कम मूल्यका डिभाइसहरूको कम उपलब्धताका कारण भएको र त्यसले ढुवानीको केवल २५ प्रतिशतको सबै समयको न्यूनतम स्तर बनायो” ओमडियाका प्रमुख विश्लेषक रनर बजोरहोभडेले बताएका छन्।

हालको यो त्रैमासिकमा अपेक्षा गरिएको भन्दा राम्रो नतिजा प्राप्त भए तापनि विश्लेषकहरूले २०२६ को पूर्ण अवधिमा भने ढुवानीमा १२ प्रतिशत गिरावटको हुने पूर्वानुमान गरेको छन्। वर्षको उत्तरार्धमा उक्त गिरावट देखा पर्ने ओम्डियाले बताएको छ।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार