नेपालमा १ हजार ५०१ अनलाइन सञ्चार संस्था नवीकरण, ७३७ एफ एम रेडियो तथा ११३ टेलिभिजन नियमित प्रसारणमा

  • Technology Khabar | १४ जेष्ठ २०८३, बिहीबार
नेपालमा १ हजार ५०१ अनलाइन सञ्चार संस्था नवीकरण, ७३७ एफ एम रेडियो तथा ११३ टेलिभिजन नियमित प्रसारणमा
बिङ एआई मार्फत बनाइएको

काठमाडौं ।

नेपालमा ७३७ एफ एम तथा ११३ टेलिभिजन नियमित प्रसारणमा रहेका पाइएको छ। टेलिभिजनको लाइसेन्स लिने २५२ भए पनि नियमित प्रसारणमा जाने भने ११३ मात्र रहेका छन्।

यसैगरी १८७ अनलाईन सञ्चार संस्था दर्ता भएका छन् भने १ हजार ५ सय १ अनलाईन सञ्चार संस्था नवीकरण भएका छन् । यस अवधिमा ३६ थप भई २०८२ फागुनसम्म ४ हजार ९ सय ७८ अनलाईन सञ्चार माध्यम सूचीकृत भएका छन्।

सरकारले आज जारी गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को प्रतिवेदनले यस्तो देखाएको हो। यो विवरणमा आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्मको विवरण समावेश गरिएको छ।

यसैगरी ८५३ केबल टेलिभिजनहरु सञ्चालनमा रहेका छन्। तीनओटा डीटीएच सेवा प्रदायकले इजाजत लिएका छन् भने डाउनलिङ्कको इजाजत १४७ ले लिएका छन्।

यस अवधिमा १ हजार १८२ यूएचएफ/भीएचएफ वाकीटकी र ३२९ रेडियो यन्त्र बिक्री वितरण गरिएका छन्। १३२ कथानक चलचित्र तथा २१ विज्ञापन चलचित्रको जाँच पास भएको छ।

यस्तै २५ संस्थाले विदेशी चलचित्र छायाङ्कन गर्ने साथै १७ संस्थाले आईपी टेलिभिजन सञ्चालनको इजाजत लिएका प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १४ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार