कपाल काट्ने रोबोटहरू भाइरल; एआई अब व्यक्तिगत हेरचाहको संसारमा प्रवेश गर्दै

  • Technology Khabar | १४ जेष्ठ २०८३, बिहीबार
कपाल काट्ने रोबोटहरू भाइरल; एआई अब व्यक्तिगत हेरचाहको संसारमा प्रवेश गर्दै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

चीनभरिका शहरहरूले ह्यूम्यान बारबर (मानव नाई) को सट्टा एआई–संचालित रोबोटहरू तैनाथ गरिरहेका छन्। उक्त एआई–संचालित रोबोटहरूले छिटो, स्वचालित कपाल काट्ने सुविधा प्रदान गर्नको लागि थ्रीडी स्क्यानिङ र रोबोटिक कटिङ्ग प्रविधि प्रयोग गर्दछन्।

यी फ्युचरस्टिक पर्सनल केयर (भविष्यउन्मुख व्यक्तिगत हेरचाह) स्टेशनहरूले व्यक्तिगत हेरचाहको लागि ह्युम्यान स्टाइलिस्टहरूलाई स्वचालित प्रणालीहरूले प्रतिस्थापन गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

उन्नत सेन्सरहरूले ग्राहकहरूको टाउको स्क्यान गर्ने, अनुहारको आकार र कपालको बनावटको विश्लेषण गर्नेछ। त्यसपछि एआई एल्गोरिथ्मले कट निर्धारण गर्दछ र रोबोटिक आर्मले त्यसलाई सटीकताका साथ कार्यान्वयन गर्नेछ।

कम लागत र छोटो समय प्रतीक्षा गर्नुे पर्ने सुविधाको लागि अत्यधिक प्रशंसा गरिएको भए तापनि अवधारणाले विश्वास र सुरक्षाको बारेमा अनलाइनमा व्यापक बहस सुरु गरेको छ।

धेरै उपभोक्ताहरू रोबोटिक आर्म (हात) हरूमा विश्वास गर्न हिचकिचाएका छन् भने अन्य ग्राहकहरू भौतिक र दैनिक सेवाहरू स्वचालित भएको देखेर छक्क परेको उल्लेख गरिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...