राष्ट्रिय परिचयपत्रको लागि २ करोड १३ हजार नागरिकको विवरण सङ्कलन, छपाई र वितरणको संख्या न्यून

  • Technology Khabar | १३ जेष्ठ २०८३, बुधबार
राष्ट्रिय परिचयपत्रको लागि २ करोड १३ हजार नागरिकको विवरण सङ्कलन, छपाई र वितरणको संख्या न्यून

काठमाडौं ।

सरकारले राष्ट्रिय परिचयपत्रको लागि २०८२ फागुनसम्म २ करोड १३ हजार ५ सय ५३ नागरिकको वैयक्तिक र जैविक विवरण सङ्कलन गरेको छ।

तर संकलन गरेको अनुपातमा राष्ट्रिय परिचयपत्रको छपाई र वितरण भएको देखिँदैन्।

सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार राष्ट्रिय परिचय पत्रलाई राहदानी विभाग, आन्तरिक राजस्व विभाग, निर्वाचन आयोग, सामाजिक सुरक्षा, कर्जा सूचना केन्द्र लगायत १२ निकायको प्रणालीसँग अन्तरआबद्ध गरिएको छ।

हालसम्म ७५ लाख ८१ हजार १ सय ८३ कार्ड छपाई भई ४० लाख ३३ हजार ४० राष्ट्रिय परिचय पत्र वितरण भएको उल्लेख छ।

प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार