
काठमाडौं ।
कम्प्युटर प्रोग्रामिङ्ग तथा सूचना सेवाका क्रियाकलापमा भएको वृद्धि र इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चारमा भएको वृद्धिको कारण चालु आर्थिक वर्ष समेत सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्म सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.५३ प्रतिशत पुग्ने अनुमान गरिएको हो।
गत आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.८८ प्रतिशतले वृद्धि भएको थियो।
चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १.९३ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो योगदान १.९२ प्रतिशत रहेको थियो ।
पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत २.१३ प्रतिशत र वृद्धिदर ५.२२ प्रतिशत रहेको छ।
३.०
२.०
१.०
0.0
चार्ट १ (भ): कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान र वृद्धिदर (प्रतिशत)
———
२०७३/७४
२०७४/७५
२०७५/७६
| योगदान
स्रोतः राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८३
२०७६/७७
२०७७/७८
२०७८/७९
२०७९/८०
२०८०/८१
२०८१/८२
२०८२/८३*
‘बृद्धिदर (दाँया अक्ष) -अनुमानित
१६.०
१२.०
८.०
४.०
0.0
प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार