फ्रीफायर जस्ता अनलाइन गेममाथि प्रतिबन्ध लगाउन सांसदको माग

  • Technology Khabar | १३ जेष्ठ २०८३, बुधबार
फ्रीफायर जस्ता अनलाइन गेममाथि प्रतिबन्ध लगाउन सांसदको माग

काठमाडौं ।

प्रतिनिधि सभाका सांसद प्रकाश पाठकले फ्रीफायर जस्ता अनलाइन गेममाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।

सांसद पाठकले बाराको एक बालकको आत्महत्याको उदाहरण दिँदै यसले बालबालिकाहरु मानसिक समस्या र लतमा परेको बताए। अनलाइन गेम फ्रीफायरमा लत बसेका बालकको बुवाले फोन खोसिदिएपछि आत्महत्या गरेको उनले दाबी गरे।

“लाखौं बच्चा अहिले पनि अनलाइन गेमिङ्गको लतसँगै गंभिर मानसिक समस्यामा जुधिरहेका छन्। यस्तै लतका कारण पारिवारिक विखण्डन मात्र नभई आपराधिक घटनाहरु पनि दिन प्रतिदिन बढ्दै गएका छन,” सांसद पाठकले भने।

गेमिङ्ग एपका कारण बालबालिकाहरुमा गंभिर समस्या दिन प्रतिदिन बढ्दोक्रममा रहेकाले तत्काल यस्ता गेममा प्रतिबन्ध लगाउन माग गरेका हुन्।

प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार