सामसङको आगामी फोल्डेबलहरुको आधिकारिक नाम ग्यालेक्सी जेड फोल्ड८ र जेड फोल्ड वाइड हुन सक्ने

  • Technology Khabar | १७ जेष्ठ २०८३, आईतवार
सामसङको आगामी फोल्डेबलहरुको आधिकारिक नाम ग्यालेक्सी जेड फोल्ड८ र जेड फोल्ड वाइड हुन सक्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले आफ्नो अर्को पुस्ताको ग्यालेक्सी जेड फोल्डेबल लाइनअपको नामकरण योजना परिवर्तन गर्ने योजना बनाइरहेको वेइबोमा आइस युनिभर्स टिपस्टरको नयाँ रिपोर्टले खुलासा गरेको छ। यो परिवर्तन सम्भवतः नयाँ ग्यालेक्सी जेड सदस्यको कारणले भएको हुन सक्छ र त्यसलाई वेबभरि प्रायः “ग्यालेक्सी जेड फोल्ड वाइड” भनेर चिनिने उल्लेख गरिएको छ।

सामसङको नयाँ फोल्डेबल ग्यालेक्सी जेड फोल्ड वाइडले आगामी आईफोन अल्ट्रा र फराकिलो आसपेक्ट रेसियो भएका अन्य एन्ड्रोइड फोल्डेबलहरूको सिरिजसँग प्रतिशपर्धा गर्ने बताइएको छ। तर डिभाइसको आधिकारिक नाम “ग्यालेक्सी जेड फोल्ड वाइड” नभइ “ग्यालेक्सी जेड फोल्ड८” भनिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

नियमित फोल्ड तर्फ “ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा” ग्यालेक्सी जेड फोल्ड७ को उत्तराधिकारीको रुपमा आउने बताइएको छ। नाम र लीकहरुले संकेत गरेझैं जेड फोल्ड८ अल्ट्रा भने अब नियमित, फराकिलो ग्यालेक्सी जेड फोल्ड८ को तुलनामा उच्च–स्तरीय फोल्डेबल हुनेछ।

उदाहरणका लागि, ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राले जेड फोल्ड७ भन्दा राम्रो हार्डवेयर प्रदान गर्ने अपेक्षा गरिएको छ र ठूलो ५,००० एमएएच ब्याट्रीको साथमा राम्रो ट्रिपल–क्यामरा सेटअप समावेश गर्ने उल्लेख गरिएको छ।

तीनवटै फोल्डेबलहरू, ग्यालेक्सी जेड फोल्ड८, जेड फोल्ड८ अल्ट्रा र जेड फ्लिप८ जुलाईमा लन्च हुने अपेक्षा गरिएको छ भने प्रत्येक वर्षको उक्त समयमा सामान्यत दोस्रो ग्यालेक्सी अनप्याक्ड कार्यक्रम हुँदैआएको छ।

प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • १७ जेष्ठ २०८३, आईतवार