ओप्पो प्याड ६ सार्वजनिक: यस्ता छन् विशेषता

  • Technology Khabar | १३ जेष्ठ २०८३, बुधबार
ओप्पो प्याड ६ सार्वजनिक: यस्ता छन् विशेषता
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ओप्पोले चीनमा सोमबार रेनो१६ र रेनो१६ प्रो स्मार्टफोनहरूसँगै प्याड ६ ट्याब्लेट पनि अनावरण गरेको छ। यो ट्याब्लेटमा ३०००×२१२० रिजोल्युसन, ७ः५ आस्पेक्ट रेशियो, १४४ हर्ज रिफ्रेस रेट र ९००–निट पीक ब्राइटनेस सहितको १२.१ इन्चको एलसीडी स्क्रिन समावेश गरिएको छ।

ओप्पो प्याड ६ मा मिडियाटेक डाइमेन्सिटी ९५००एस एसओसी रहेको छ। साथै ट्याब्लेटमा ८ मेगापिक्सेलको क्यामराहरू (एउटा अगाडि, एउटा पछाडि) समावेश गरिएका छन्। ट्याब्लेटमा ६७ वाट वायर्ड चार्जिङ समर्थन गर्ने १०,४२० एमएएच ब्याट्री रहेको छ भने ट्याब्लेटले एन्ड्रोइड १६ माथि कलरओएस १६ चलाउँछ।

ओप्पो प्याड ६ मा ६ ओटा स्पिकरहरु, दुई ओटा माइक रहेको र कुनै फिङ्गरप्रिन्ट सेन्सर समावेश नगरिएको बताइएको छ। ट्याब्लेटको मापन २६६.९३ × १९३.३५ × ५.९९ एमएम र संस्करण अनुसार तौल ५७७/५७९ ग्राम रहेको छ। ओप्पो प्याड ६ स्पेस ग्रे र ग्यालेक्सी सिल्भरमा ८/२५६जीबी, १२/२५६जीबी, र १६/५१२जीबी गरी तीनओटा र्याम/स्टोरेज कम्बोमा उपलब्ध हुनेछ।

हाल ओप्पोको आधिकारिक अनलाइन स्टोरमा प्रि–सेल (बिक्री) को लागि उपलब्ध यो डिभाइसको मूल्य ४,०९९ चिनियाँ युआन (६०३ अमेरिकी डलर) रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...