वैशाख मसान्तसम्म २० अर्ब बढीका साढे ८ हजार चारपाङ्ग्रे विद्युतीय सवारी आयात

  • Technology Khabar | ९ जेष्ठ २०८३, शनिबार
वैशाख मसान्तसम्म २० अर्ब बढीका साढे ८ हजार चारपाङ्ग्रे विद्युतीय सवारी आयात
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को दशौं महिना २०८३ वैशाख मसान्तसम्ममा नेपालमा २० अर्ब ३२ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको ८ हजार ६ सय ५ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ वैशाख महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, थाइल्याण्ड र अमेरिका,अस्ट्रिया र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

उक्त परिमाणको आयातमार्फत् सरकारले १२ अर्ब ४३ करोड २९ लाख ६७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १६१४ २८६४२९५
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १२२४ २१३७११२

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म ३५९० ९१५१४९८
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ७८२ २००८५५८
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म ६५२ १८५९८१२
कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म ४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ६५२ १८९४०३३
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म ११ ८४९९७
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म ४४ १६४६६८
पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म ४८५९१
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान अस्ट्रिया २०१ देखि ३०० किलोवाटसम्म ६७९७
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ४५०५३
पिक पावरयुक्त कार, जीप र भ्यान  अमेरिका २०१ देखि ३०० किलोवाटसम्म ९९१२

प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार