सामसङद्वारा ग्यालेक्सी ट्याब एस११ र एस११ अल्ट्राले वान यूआई ८.५ स्टेबल अपडेट जारी

  • Technology Khabar | ८ जेष्ठ २०८३, शुक्रबार
सामसङद्वारा ग्यालेक्सी ट्याब एस११ र एस११ अल्ट्राले वान यूआई ८.५ स्टेबल अपडेट जारी
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले ग्यालेक्सी ट्याब एस११ र ग्यालेक्सी ट्याब एस११ अल्ट्राको लागि वान यूआई ८.५ स्थिर अपडेट जारी गरेको छ। यो अपडेटले गर्दा अब तिनीहरू स्टेबल (स्थिर) वान यूआई ८.५ मा अपग्रेड गरिने पहिलो ट्याब्लेटहरू हुने भएका छन्।

ग्यालेक्सी ट्याब एस११ को लागि वान यूआई ८.५ स्टेबल (स्थिर) अपडेट फर्मवेयर संस्करण एक्स७३६एनकेओयू५बीजेडई३ सँग आउँछ भने ग्यालेक्सी ट्याब एस११ अल्ट्राको लागि अपडेटमा फर्मवेयर संस्करण एक्स९३६एनकेओयू५बीजेडई३ रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

दुबै ट्याब्लेटको लागि वान यूआई ८.५ स्टेबल (स्थिर) अपडेट हाल दक्षिण कोरियामा रोल आउट भइरहेको र चाँडै अन्य बजारहरूमा पनि रोलआउट विस्तार गरिने बताइएको छ।

विस्तारको कुरा गर्दा, स्टेबल (स्थिर) वान यूआई ८.५ हालै दक्षिण कोरियामा ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+ र ग्यालेक्सी एस२३ अल्ट्राको लागि जारी गरिएको थियो भने अब भारतका साथै युरोपमा पनि रोल आउट गरिने भएको छ।

ग्यालेक्सी एस२३ सिरिजको लागि स्टेबल (स्थिर) वान यूआई ८.५ अपडेट फर्मवेयर संस्करण एस९१ ×बीएक्सएक्सयू९एफजेडडीपीसँग आउँछ र बिटा प्रयोगकर्ताहरूको लागि ३००एमबी र नन्–बिटा प्रयोगकर्ताहरूको लागि ४जीबी डाउनलोड आवश्यक पर्नेछ।

अहिलेसम्म आफ्नो डिभाइसमा वान यूआई ८.५ स्टेबल (स्थिर) अपडेट प्राप्त नगरेको भए प्रयोगकर्ताले सेटिङ्स भित्र सफ्टवेयर अपडेट मेनुमा गएर म्यानुअल रूपमा जाँच गर्न सक्नेछन्।

प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार