
काठमाडौं ।
आईकूले ब्रान्डको पहिलो टी–सिरिज डिभाइसको रूपमा आईकू १५टी प्रस्तुत गरेको छ।
यो डिभाइसले नियमित आईकू १५ र अल्ट्रा मोडेलहरूको तुलनामा फरक चिप समावेश गरेको छ। यो डिभाइसले स्न्यापड्रागन ८ एलिट जेन ५ चिपलाई मिडियाटेकको डाइमेन्सिटी ९५०० “मोन्स्टर संस्करण” एसओसीका साथ प्रतिस्थापन गरेको छ।
यो डिभाइस आईकूको इन–हाउस क्यू३ गेमिङ चिपको कारणले सुधारिएको फ्रेम–रेट स्थिरता भएको नियमित ९५०० को कस्टम संस्करण भएको बताइएको छ। साथै यो फोन १६जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र १टीबी यूएफएस ४.१ स्टोरेजको साथ कन्फिगर गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
फोनको अगाडि २के रिजोल्युसन (३,१६८ × १,४४० पिक्सेल) र फास्टर १४४हर्ज रिफ्रेस रेट भएको ६.८२–इन्च ८टी एलटीपीओ एएमओएलईडी डिस्प्ले रहेको छ। प्यानलमा ४,५०० निट्स पीक लोकल ब्राइटनेस, १६ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा र अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ।
१५टी प्रायः गेमिङ वरिपरि केन्द्रित हुने भए तापनि यो फोन ब्रान्डको २०० मेगापिक्सेल मुख्य क्यामरा भएको पहिलो फोन पनि हो। यो फोनले एफ/१.८८ एपर्चर र ओआईएस भएको १÷१.५६” सेन्सर प्रयोग गरिरहेको बताइएको छ। फोनको पछाडिको दोस्रो शूटर ५० मेगापिक्सेल अल्ट्रावाइड लेन्स रहेको छ।
आईकू १५टीको अर्को उत्कृष्ट विशेषता भनेको १००वाटको तिव्र वायर्ड चार्जिङलाई समर्थन गर्ने ८,०००एमएएच सिलिकन कार्बाइड ब्याट्री रहेको छ। साथै १५टीले आईपी६८ र आईपी६९ इन्ग्रेस सुरक्षा प्राप्त गरेको छ। त्यसैगरी सफ्टवेयरतर्फ एन्ड्रोइड १६ मा आधारित ओरिजिनओएस ६ समावेश गरिएको छ।
आईकू १५टी कालो, सेतो र ग्रेडियन्ट रङहरूमा उपलब्ध हुनेछ। फोनको आधारभूत १२/२५६जीबी संस्करणको मूल्य ३,७९९ चिनियाँ युआन (५५८ अमेरिकी डलर/४८० यूरो) कायम गरिएको छ। टप–टियर १६जीबी र १टीबी स्टोरेज ट्रिमको मूल्य ५,६९९ चिनियाँ युआन (८३६ अमेरिकी डलर/७२१ यूरो) रहेको छ।
प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार