गुगलको धेरै सुधारिएका एप आइकनहरू रोल आउट गरिँदै

  • Technology Khabar | ६ जेष्ठ २०८३, बुधबार
गुगलको धेरै सुधारिएका एप आइकनहरू रोल आउट गरिँदै
फोटो सौजन्यः नाथन इन्ग्राहम/इनग्याजेट

काठमाडौं ।

गुगलले लगभग पाँच वर्ष अघि आफ्ना धेरैजसो एप र सेवाहरूको आइकनहरू पुनः डिजाइन गरेको थियो र त्यसमा ड्राइभ, मीट, क्यालेन्डर आदि जस्ता व्यापक रूपमा प्रयोग हुने उपकरणहरू समावेश थिए।

त्यस बारे इन्टरनेटमा प्राप्त गरिएका प्रतिक्रिया सकारात्मक नभएको र गुगलले आफ्ना आइकनहरूको व्यक्तिगत परिभाषित विशेषताहरू हटाएर तिनीहरूलाई कम्पनीको आधिकारिक चार रङहरू मिलेर बनेको आउटलाइन (रूपरेखा) ले प्रतिस्थापन गरेको धेरैले औंल्याए थिए।

साथै नजिकबाट हेर्दा गुगल डक्सको लागि डकुमेण्टको आउटलाइन (कागजातको रूपरेखा), वा मीटको लागि क्यामरा पहिचान गर्न सकिनेछ। तर केवल एक भलकमा भने नयाँ आइकनहरूलाई तिनीहरूले प्रतिस्थापन गरेको आइकनहरूबाट छुट्याउन धेरै गाह्रो हुने उल्लेख गरिएको छ।

तर गुगलले अब मार्ग परिवर्तन गरिरहेको र यो केही महिनाअघि गुगल म्याप्सको लागि थप विशिष्ट आइकनबाट सुरु भएको उल्लेख गरिएको छ। गुगल म्याप्समा थप गहिराइको साथ अझै पनि गुगलको रङहरू र सर्वव्यापी पिन डिजाइन समावेश गरिएको छ।

त्यसपछि, केही हप्ताअघि ९टू५गुगलले पूर्ण–स्तरीय पुनः डिजाइन अब आउने तयारिमा रहेको खुलासा गरेको थियो। अब, गुगल आई÷ओको लागि मात्र एक दिन रहँदा पुनः डिजाइन गरिएका ती आइकनहरू रोल आउट गरिँदैछन्।

पुनः डिजाइन गरिएका ती आइकनहरू पहिलो पटक व्यक्तिगत जीमेल खातामा देखा परेको र माथि दायाँपट्टि रहेको “एप स्विचर” ले बोर्डभरि नयाँ डिजाइनहरू खुलासा गरेको इन्ग्याजेटका नाथन इन्ग्राहमले बताएका छन्।

यी आइकनहरू अहिलेसम्म सबैतिर नफैलिएको र ड्राइभ वा क्यालेन्डरमा क्लिक गर्दा अझै पनि पुराना आइकनहरू नै देखाउने इन्ग्राहमले थप बताएका छन्। तर इन्ग्राहमको आईफोनमा भने धेरै गुगल एपहरू नयाँ आइकनहरूका साथ अपडेट गरिएको देखिएको हुनाले फुल–स्केल लन्च प्रगतिमा रहेको उनले उल्लेख गरेका छन्।

त्यसैगरी इन्ग्राहमक व्यक्तिगत रूपमा आइकनहरूको पछिल्लो पुस्तामा अभ्यस्त भइसकेको भए तापनि यी प्रमुख सुधारहरूले द्रुत रुपमा एपहरूलाई छुट्याउन धेरै सहज बनाउने उनको भनाइ रहेको छ।

फोटो सौजन्यः ९टु५गुगल

प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...