
काठमाडौं ।
बीटी ग्रुपको बिजनेस डिभिजनले आफ्ना सञ्चालनमा एआई क्षमता लागू गर्न एक्सेन्चरसँग बहुवर्षीय कार्यक्रम सम्झौता गरेको छ।
यो परियोजनाले नेटवर्क इन्टेलिजेन्स, ग्राहक डेटा तथा इनसाइट प्लेटफर्ममा बीटीको विद्यमान एआई क्षमतालाई मजबुत बनाउने बताइएको छ। यो पहल बीटीको कोर सेवा व्यवस्थापन प्लेटफर्म सर्भिसनाउ सँगको साझेदारीसँग पनि सम्बन्धित छ।
यसको अन्तिम लक्ष्य बेलायती ग्राहकलाई एआई-आधारित सञ्चालन (एआई-अप्स) सेवा उपलब्ध गराउनु हो। यसअन्तर्गत एजेन्टहरूले स्वतः विश्लेषण गर्ने, सिक्दै जाने र “मेसिन स्पिडमै सेल्फ-हिल” गर्ने क्षमता प्रयोग गरिनेछ।
टेलिकम्स डटकमका अनुसार साइबर सुरक्षा क्षेत्रमा पनि यी एआई-अप्स क्षमताले नयाँ खतरा र कमजोरीहरूलाई छिटो पहिचान तथा समाधान गर्न सहयोग गर्ने बताइएको छ। कम्पनीका अनुसार नयाँ एआई प्रविधिहरूले सुरक्षा परिदृश्यलाई तीव्र रूपमा परिवर्तन गरिरहेको अवस्थामा यस्तो क्षमता झन् महत्वपूर्ण बन्दै गएको छ।
बीटीका अनुसार सार्वजनिक तथा निजी क्षेत्रका ग्राहकका लागि एआई-आधारित सेवा सञ्चालन प्रयोग गर्न सकिने नयाँ प्रस्तावहरू ल्याइनेछन्। कम्पनीले ग्राहक अनुभव सुधार र सञ्चालनलाई सहज बनाउन एआई-आधारित “जर्नी म्यापिङ” प्रयोग गरी आफ्ना प्रक्रिया पुनःडिजाइन पनि गर्नेछ।
एक्सेन्चरको अनुसन्धान उद्धृत गर्दै विज्ञप्तिमा दूरसञ्चार उद्योग अहिले एआई र डेटाकेन्द्रित महत्वपूर्ण मोडमा पुगेको उल्लेख गरिएको छ। अनुसन्धानअनुसार पाँचमध्ये एक दूरसञ्चार सेवा प्रदायक मात्रै यो परिवर्तन सफल रूपमा अघि बढाइरहेका छन्। एआई अपनाउने कम्पनीहरूले ग्राहक निष्ठा, बजारमा छिटो सेवा ल्याउने क्षमता तथा नेटवर्क समस्या पहिचान र समाधान समय सुधारमा प्रतिस्पर्धीभन्दा राम्रो प्रदर्शन गरिरहेका बताइएको छ।
जोन जेम्सले बेलायतको महत्वपूर्ण पूर्वाधार समर्थन गर्ने जिम्मेवारी बीटीसँग रहेको भन्दै ग्राहकलाई नयाँ एआई-अप्स क्षमता उपलब्ध गराउन लगानी गरिएको बताए। उनका अनुसार यसले बेलायतको लचिलोपन बढाउनुका साथै जिम्मेवार र स्वचालित प्रणालीको प्रयोगलाई तीव्र बनाउनेछ।
एण्ड्र्यू म्याकक्याफर ग्राहकको अपेक्षा बढ्दै जाँदा र प्रविधि वातावरण जटिल बन्दै जाँदा संस्थाहरू निरन्तर सुरक्षित सेवा उपलब्ध गराउन दबाबमा रहेको बताए। उनले एआईलाई जिम्मेवार रूपमा ठूलो स्तरमा प्रयोग गरेर बीटीको म्यानेज्ड सर्भिस व्यवसायलाई थप मजबुत बनाइरहेको उल्लेख गरे।
बीटीले आफ्नो “साभरेन प्लेटफर्म” सेवा गत डिसेम्बरमा घोषणा गरेको थियो भने यस वर्ष अप्रिलमा व्यावसायिक रूपमा सुरु गरेको थियो। सोही क्रममा बेलायती हाइपरस्केलर एनस्केलसँग साझेदारी पनि गरिएको थियो। कम्पनीले बीटीका तीन साइटमा एनभिडिया प्रविधिमा आधारित डेटा सेन्टर क्षमता विस्तार गर्ने योजना बनाएको छ।
प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार