
काठमाडौं ।
चालु आर्थिक वर्षको नवौं महिना चैत्र मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रककमा उल्लेख्य बढोत्तरी भएको पाइएको हो।
माघ मसान्तबाट फागुन मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा ७० करोड ३० लाख बढेर समग्रमा १ खर्ब २५ अर्ब ९१ करोड ५० लाख रुपैयाँमा पुगेको थियो।
फागुन मसान्तबाट चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा २७ अर्ब ५६ करोड १० लाख बढेर समग्रमा १ खर्ब ५३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ पुगेको छ।
यसैगरी कारोबार सङ्ख्या माघ मसान्तबाट फागुन मसान्तसम्मको एक महिनाको अवधिमा २७ लाख ९२ हजार ६८७ ले बढेर समग्रमा ४ करोड ९० लाख २७ करोड २२८ मा पुगेको थियो।
यो आँकडा फागुन मसान्तबाट चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा ५६ लाख १६ हजार ४३२ ले बढेर समग्रमा ५ करोड ४६ लाख ४३ करोड ६६० मा पुगेको थियो।
प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार