एप्पलले इन्टेलमा आईफोन चिपसेट उत्पादनको परीक्षण गर्दैः कुओ

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
एप्पलले इन्टेलमा आईफोन चिपसेट उत्पादनको परीक्षण गर्दैः कुओ
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले टीएसएमसीबाट आफ्नो चिप उत्पादनलाई विविधीकरण गर्न खोजिरहेको र कम्पनीले त्यसमा इन्टेल र सामसङलाई सम्भावित साझेदारको रूपमा समावेश गरिरहेको दाबी गर्ने एउटा रिपोर्ट यो महिनाको सुरुमा देखा परेको थियो। प्रख्यात एप्पल विश्लेषक मिङ ची–कुओको पछिल्लो पोस्टले पनि उक्त दावीहरूलाई केही थप विवरणहरूका साथ समर्थन गरेको छ।

एप्पल र इन्टेलले स्पष्ट रूपमा इन्टेलको १८ए–पी प्रोसेसमा लिगेसी एप्पल सिलिकन चिप उत्पादन सुरु गरेको र यो ए१८ प्रो चिपमा प्रयोग गरिएको टीएसएमसीको प्रक्रियासँग बराबर रहेको बताइएको छ।

रिपोर्टका अनुसार यी लो–इण्ड चिपहरू आईफोन, आईप्याड र म्याकहरूमा प्रयोग गर्न सेट गरिएका हुन् भने ८० प्रतिशत चिपहरू आईफोनको लागि हुने कुओको अनुमान रहेको छ। यी चिपहरू अमेरिकामा इन्टेलद्वारा बनाइने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

क्युपर्टिनो र इन्टेलले हाल सानो स्तरमा परीक्षण गरिरहेको र यो कार्य वर्षभरि जारी रहने छन् भने २०२७ र २०२८ मा उत्पादन बढाउने र त्यसपछि २०२९ मा क्षमता घटाउने योजना रहेको कुओले आफ्नो विश्वास व्यक्त गरेका छुन्। साथै, एप्पलले इन्टेलको थप उन्नत प्रक्रिया नोडहरूको मूल्याङ्कन गरिरहेको बताइएको छ।

यी प्रयासहरू जारी रहे तापनि टीएसएमसी एप्पलको मुख्य चिप आपूर्तिकर्ता रहने र आपूर्ति गरिएका सबै एप्पल सिलिकन चिपहरूको अनुमानित ९० प्रतिशत हिस्सा हुने उल्लेख गरिएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार