डोल्पा जिल्लाको दुनै क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

  • Technology Khabar | २ जेष्ठ २०८३, शनिबार
डोल्पा जिल्लाको दुनै क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

काठमाडौं ।

नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धता अनुसार नेपाल टेलिकमले काम गरिरहेको छ।

यस अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३९०० मिटर उचाइमा सफलतापूर्वक फोरजी सेवा केही दिनअघि सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी, ताप्लेजुङको ओलाङचुङ गोला क्षेत्रमा ३४०० मिटर उचाइमा आजदेखि ४जी सेवा सुरु भएको छ।

नेपाल टेलिकमले देशका अन्य धेरै दुर्गम स्थानहरूसँगै अब बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४२०० मिटर उचाइ) मा ४जी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। साथै, सगरमाथा आधार शिविर (Everest Base Camp) क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको छ।

डिजिटल विभाजन घटाउने र सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने प्राथमिकता अनुरूप नेपाल सरकार सक्रिय रूपमा काम गरिरहेको छ। दुर्गम हिमालदेखि सुदूरपश्चिम र देशभरका बस्तीहरूलाई डिजिटल रूपमा जोड्ने अभियान निरन्तर जारी रहने बताईएको छ।

प्रकाशित: २ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...